लगातार तेस्रो जितसँगै एपीएफ शीर्षस्थानमा
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १८:५६:३२
१३ फागुन, काठमाडौं । एपीएफ क्लबले शुक्रबार ललितपुर मेयर्स-११ महिला टोलीलाई सात विकेटले हराउँदै ललितपुर मेयर महिला च्याम्पियनसिपमा लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ५६ रन जोडिन् । यस्तै, रोमा थापाले ११ रन बनाइन् । ललितपुरकी अनुराधा चौधरीले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङमा आएको ललितपुर निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ८० रनमा समेटिएको थियो । ललितपुरकी सुमन खतिवडाले सर्वाधिक ३० रनको योगदान गरिन् । यस्तै, आरती बिडारीले २१ र कप्तान सरस्वतीकुमारीले नौ रन बनाइन् ।
एपीएफकी करुणा भण्डारी र सुमन विष्टले एक विकेट लिए । प्रतियोगितामा तीन खेल खेलेको एपिएफ ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, समान तीन खेलमा पराजित ललितपुर तालिकाको पुछारमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार