‘नेपाली पात्रो’को सीईओमा सन्तोषकुमार देवकोटा नियुक्त: नेपालको पहिलो मोबाइल एपका यस्ता छन् विशेषता
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शनिबार ०:१२:२७
१३ फागुन, काठमाडौं । डिजिटल मिडिया तथा स्मार्ट कम्यूनिटी प्लाटफर्ममा विगत एक दशकदेखि सक्रिय सन्तोषकुमार देवकोटा नेपालको प्रथम मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो – Nepali Patro’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन् ।
२०५६ साल बीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गरेका देवकोटाले मध्य तराइको पहिलो एफएम ‘रेडियो बीरगञ्ज ९९ मेगाहर्ज’मा विद्युतीय सञ्चारको लामो अनुभव संगालेका छन् ।
रेडियोको अग्रणी संस्था ‘इक्वल एक्सेस नेपाल’मा रेडियो नेटवर्क व्यवस्थापन तथा रेडियो कभरेज नक्शांकन विज्ञको रुपमा छवि बनाएका देवकोटा पछिल्लो एक दशकदेखि डिजिटल मिडिया तथा कम्यूनिटी प्लाटफर्म विज्ञको रुपमा सक्रिय रहँदै आएका छन् । देवकोटा यही फेब्रुअरी १३ तारिख २०२२ ‘विश्व रेडियो दिवस’का दिन ‘नेपाली पात्रो’ को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका हुन् ।
२०६३ साल (सन् २००८) मा सर्वप्रथम Facebook App मार्फत सार्वजनिक भएको ‘नेपाली पात्रो’ विक्रम संवत् २०६६ (सन् २०११) मा गुगलको PlayStore मार्फत Android तथा Apple प्रयोगकर्ताहरुकाका लागि AppStore मार्फत् सार्वजनिक गरिएको थियो ।
पछिल्ला वर्षहरूमा नेपालबाट रोजगारी तथा विभिन्न अवसरको खोजीमा विदेश बसाई सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै । त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्म(संस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको छ ।
“हाम्रो समय, हाम्रो गौरव” मूलमन्त्र बोकेको नेपाली पात्रो र हाम्रा ९० लाख प्रयोगकर्ता, हाम्रा अनलाइन तथा प्रिन्ट मेडिया, टेलिभिजन, देशभरीको रेडियो तथा स्वतन्त्र कन्टेन्ट उत्पादकहरुसँगको अबको यात्रालाई अझ प्रत्यूदपादक, अझ नविन बनाउनका लागि नेपाली पात्रोसँग सीईओको भूमिकामा सन्तोषकुमार देवकोटा आबद्ध भएको नेपाली पात्रोले जनाएको छ । नेपाली तथा अंग्रेजी भाषा समेतका नेपालका महत्वपूर्ण अनलाइन समाचार स्रोत आबद्ध ‘नेपाली पात्रो’ नेपाली सञ्चार सामाग्रीहरुलाई प्रभावकारी ढंगले धेरै भन्दा धेरैको पहूँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमैं उत्पादित पहिलो कम्यूनिटी एप हो ।
आउँदा दिनहरुमा नेपाली प्रयोगकर्ताहरुका लागि आवश्यक तमाम कोशिशहरु गर्ने, जसले नेपाली पात्रोलाई नेपालीहरुको आधिकारिक तथा विश्वासिलो कम्यूनिटी एप बनाइरहन सहयोग गर्नेछ भन्ने विश्वास नेपाली पात्रोले लिएको जनाएको छ । “हामी हाम्रो एप्लिकेशन ‘नेपाली पात्रो’ मार्फत् देश तथा विदेशमा बस्ने हरेक नेपालीहरुलाई जोडिरहने एउटा पुल बन्न चाहन्छौं । लाखौं नेपालीले माया गर्नुभएको यस साझा पुलमा सन्तोषजीलाई स्वागत छ ।” जिनियस सिस्टम्सका सहसंस्थापक तथा नेपाली पात्रोका परिकल्पनाकार विरीजन महर्जनले नेपालबहसलाई भने ।
नेपाली पात्रोले हाम्रो मौलिक चाडपर्व, तिथिमिति, पञ्चाङ, उत्सव तथा सांस्कृतिक गतिविधि मात्र समेटेको छैन, यो सबै उमेर समूहका लागि उपयोगी स्मार्ट एप्लिकेशनका रुपमा रहेको छ । यो क्यालेण्डर बाहेक, भिडियो, रेडियो, कुण्डली, दैनिक विदेशी मुद्राको विनिमय दर, सुन चाँदीको दैनिक दररेट, मौसम, एकाइ रुपान्तरण (धुर(आना र बिघा रोपनी निकाल्ने) शुभ साइत तथा मुहूर्तहरु, ज्योतिष सेवा, ब्लग, मिति परिवर्तन लगायतका सुविधाहरुले युक्त रहेको बताइएको छ ।
“पछिल्ला वर्षहरूमा नेपालबाट विदेश बसाई सर्ने क्रम बढेको छ । विशेष गरी नयाँ पुस्ताको विदेश मोह र बाह्य सांस्कृतिक अन्तरघुलनले मौलिक सभ्यता बिर्सने जोखिम रहन्छ नै। त्यसैले नेपाली पात्रोले आम नेपाली मूलका जनसमुदायलाई समेट्दै आफ्नो जरो तथा मौलिक धर्मसंस्कृतिका विशेषताहरूलाई उनीहरूसम्म पुर्याउने प्रयास गर्दै आएको नेपाली पात्रोले जनाएको छ । अहिले ‘स्वधर्मे निधनं श्रेयं परधर्मो भयावहः भन्ने मान्यतालाई मनन गर्ने समय बताउँदै नेपाली पात्रो परिवार यही मान्यतालाई स्थापित गर्न सदैव क्रियाशील रहने नवनियूक्त सीईओ देवकोटाले नेपालबहसलाई बताए ।
“नेपाली पात्रोको अभियानलाई शिखरमा पुर्याउने कर्णधारका रूपमा यस परिवारको प्रमुख कार्यकारी अधिकृत जस्तो गरिमामय पदको कार्यभार सम्हाल्न नेपाली पात्रो परिवारमा जोडिनुभएका अनुभवी व्यक्तित्व एवं मेरा आत्मिय मित्र सन्तोष देवकोटाजीलाई स्वागत गर्न पाउँदा हाम्रो टीम उत्साहित भएको छ । हाम्रो सहयात्राले नेपाली पात्रो थप उचाइमा पुग्ने छ भन्नेमा म पूर्ण विश्वस्त छु ।” नेपाली पात्रोका प्रमुख सम्पादक तथा फलित ज्योतिषाचार्य उपप्राध्यापक लक्ष्मीप्रसाद बरालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार