युक्रेन-रुस युद्धः अलपत्र नेपालीको उद्धारमा पहल शुरु
नेपालबहस संवाददाता
फागुन १४, २०७८ शनिबार १३:८:४५
१४ फागुन, काठमाडौं । रुस र युक्रेनको युद्धको चपेटामा परेका नेपालीको उद्धारको लागि गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ ले सक्रियता देखाएको छ ।
संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार संघले त्यहाँस्थित नेपाली समुदायसंग प्रत्यक्ष सम्पर्कमा एक अन्तरक्रियाको आयोजना गर्दै उनीहरुको अवस्था र उद्धारका सम्भवनाका बारेमा पहल शुरु गरेको हो ।
युक्रेनमा हाल ४०० जना नेपाली रहेको आकलन गरिएको छ । संघले पहिलो चरणमा नेपालीको तथ्यांक संकलन गर्ने र आपतकालमा परेका नेपालीहरुलाई तत्काल उद्धारको प्रयास गर्ने तयारी गरेको छ ।
नेपाली दूतावास जर्मनीको सहकार्यमा गैरआवासीय नेपाली संघको आयोजनामा शनिबार हुने अन्तरक्रिया कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरु, जर्मनीको लागि नेपाली राजदूत रामकाजी खड्का, गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त लगायत एनआरएनएका पदाधिकारीहरु, तथा रुस र जर्मजीमा रहेका नेपाली दूतावासका प्रतिनिधिहरु सहभागी हुने छन् ।
केसीका अनुसार त्यहाँ अप्ठ्यारोमा परेका नेपालीहरुलाई पोल्याण्ड, हङगेरी, रोमेनिया, माल्डावा र सोलोभाकिया बोर्डरमार्फत तेस्रो देशमा पठाउने सम्भवनाको बारेमा संघले छलफल थालेको हो ।
युरोपियन युनियनका कयौ मुलुकहरुले युक्रेनमा अप्ठ्यारोमा परेका मानिसहरुलाई आआफ्नो देशमा सेल्टर दिने तयारी गरेका छन् । यसैबीच चेक रिपब्लिकाले युक्रेनबाट आएका युद्ध पिडितको लागि विना कागजात आफ्नो देशमै बस्न दिने निर्णय गरेको छ ।
शनिवार नेपाली समय साँझ ७ बजे सुरु हुने कार्यक्रममा सहभागी हुन् संघका महासचिव डा। हेम राज शर्माले आग्रह गरेका छन् । उनले युक्रेनमा रहेका नेपालीहरुको सहयोग र उद्धारको लागि जुट्न सबै पक्षलाई आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
मंसिर १५, २०८१ शनिबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार