कोरोना खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन परराष्ट्रमन्त्री खड्काको आव्हान
नेपालबहस संवाददाता
फागुन १४, २०७८ शनिबार १५:५७:६
१४ फागुन काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् ।
विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए । खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनले जनाए ।
परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए । गरिव देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उनले जोड दिएका थिए । यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य रहेको बताउदै उनले नेपालको खोप अभियानका बारेमा जानकारी दिए ।
कार्यक्रममा उनले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार