प्रधानसेनापति खुला म्याराथनको उपाधि बस्नेतलाई
नेपालबहस संवाददाता
फागुन १४, २०७८ शनिबार १७:५:३५
१४ फागुन काठमाडौं । प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि कृष्णबहादुर बस्नेतले जितेका छन् ।
सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट सुरु भएको ४२.१९५ किलोमिटर दौड आर्मीकै बस्नेतले २ घण्टा १९ मिनेट ५७ सेकेण्डामा पुरा गर्दै उपाधि जिते । उनले नगद ३ लाख रुपैयाँ पुरस्कार पाएका छन् । आर्मीकै खड्गबहादुर खड्का दोस्रो हुँदै २ लाख नगद पुरस्कार पाउँदा सशस्त्र प्रहरी एपीएफका किरणसिंह बोगटी तेस्रो हुँदै १ लाख प्राप्त गरे । बोगटीले नेपालगञ्ज म्याराथन र १३ औं दक्षिण एसियाली खेलकुदमा पनि म्याराथनतर्फ स्वर्ण पदक जितेका थिए ।
शनिबार विहान सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका थिए । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगितामा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन सुरु भएको थियो । सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।
प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला–पुरुष हाफ म्याराथन, सैनिक अधिकृत र सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार