श्रीलङ्कासँगको टी–२० श्रृङ्खला भारतलाई
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार १२:५०:४८
१५ फागुन एजेन्सी । भारतले दोस्रो टी–२० मा पाहुना टोली श्रीलङ्कालाई ७ विकेटले हराएको छ । गएराति भएको खेलमा श्रीलङ्कालाई ७ विकेटले हराउँदै घरेलु टोली भारतले तीन खेलको श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।
श्रीलङ्काले दिएको १ सय ८४ रनको लक्ष्य भारतले १७ ओभर १ बलमा तीन विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित ७४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै रविन्द्र जडेजा ४५ रनमा अविजित रहे ।
श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । श्रीलङ्काका पाथुम निशान्काले ७५ रनको अर्धशतकीय पारी खेले । डसुन सनकाले अविजित ४७ रन जोडे ।
भारतका भुवनेश्वर कुमार, जस्प्रित बुमराह, हर्षल पटेल, युजभेन्द्र चाहल, रविन्द्र जडेजाले एकरएक विकेट लिए ।पहिलो खेलमा भारत ६२ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम टी–२० आज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार
गुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार