प्रदेश १ को प्रदेश सभा बैठक आज बस्दै
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार १४:२६:२५
१५ फागुन काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ । साढे तीन महिनापछि आज दिउँसो १ बजे बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने सचिवालयले जनाएको छ । बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ ।
यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दलहरूले नामकरणको विषयमा सहमति गरेर यही अधिवेशनमा प्रदेशसभामा दर्ता गर्ने दाबी गर्दै आएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मंसिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बिजनेस अभावमा लामो समय स्थगित भएको थियो । वर्तमान सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै पनि विधेयक दर्ता गराएको छैन ।
प्रदेशसभामा यसअघि नै दर्ता भएको अर्थ विधेयक र प्रतिष्ठान विधेयक विचाराधीन छ । दुई वटा विधेयकमा छलफल हुँदासम्म सञ्चार संस्था व्यवस्थापन गर्न बनेको विधेयक तयार गर्ने सरकारको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार