महिला क्रिकेटः उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार १८:४३:१४
१५ फागुन, काठमाडौं । ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् ।
आइतबार कीर्तिपुरस्थित टियु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिमले दिएको १२९ रनको विजयी लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९० रनमा मात्रै सिमित भयो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन् । यस्तै, आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधरीले १० रन बनाए । सुदूरपश्चिमका कविता कुुँवर र सम्झना खड्काले समान दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२८ रनको योगफल तयार पार्यो।
सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक ४२ रन जोडेकी थिइन् । यस्तै, रितु कनोजियाले ३३, कविता जोशीले ३२ र कविता कुँवरले १० रन बनाइन् । लुम्बिनीकी नेरी थापाले तीन विकेट लिँदा कृतिका मरासिनी र मधु डिसीले समान एक विकेट लिए ।
चार खेलमा तीन जित र एक हार बेहोरेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा जितविहीन लुम्बिनी पुछारमा छ । समान तीन खेलमै सतप्रतिशत अंक जोडेको एपीएफ क्लब शीर्ष स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
भूमिगत सिँचाइ प्रणालीले कृषि पेसा सहज बन्दै
मंसिर २७, २०८१ बिहिबार