दशरथचन्द मेयर कप क्रिकेट अर्को हप्तादेखि सुरु हुने
नेपालबहस संवाददाता
फागुन १५, २०७८ सोमबार १:५८:१४
१५ फागुन, बैतडी । दशरथचन्द नगरपालिकामा पाँचौँ संस्करणको ‘मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’ अर्को हप्तादेखि सुरु हुँदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजना यही फागुन २५ गतेदेखि प्रतियोगिता सुरु हुन लागेको हो ।
सहभागी हुने ११ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नगर क्रिकेट समितिका संयोजक रमेश भट्टका अनुसार समूह ‘ए’ मा वडा नं ४, ९ र ३ समूह ‘बी’ मा वडा नं ५, ११ र ७, समूह सी मा १०, २ र १ र समूह डी मा वडा नं ६ र ८ छन् । उद्घाटन खेलमा फागुन २५ गते वडा नं ४ र ९ भिड्ने छन् । फागुन २६ गते वडा नं १० र २ तथा वडा नं ९ र ३ बीच खेल हुनेछ ।
यस्तै फागुन २७ गते पहिलो खेल वडा नं २ र १ बीच तथा दोस्रो खेलमा वडा नं ८ र ६ ले प्रतिस्पर्धा गर्नेछन् । फागुन २८ गते वडा नं ४ र ३ तथा वडा नं ११ र ७ भिड्ने छन् । फागुन २९ गते पहिलो खेलमा वडा नं ८ र ६ तथा दोस्रो खेलमा वडा नं १० र १ बीच प्रतिस्पर्धा हुनेछ । फागुन ३० गते वडा नं ५ र ७ तथा वडा नं ५ र ११ बीच खेल हुने संयोजक भट्टले बताए ।
आगामी चैत १ गते सेमिफाइनलका खेल तथा चैत २ गते फाइनल खेल हुने छ । विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार बर्सेनि मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिँदै आएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । गत वर्ष चौथो संस्करणको मेयर कपको उपाधि वडा नं ४ खलङ्गाले जितेको थियो । यसैबीच पाँचौँ संस्करणको उपमेयर कप महिला क्रिकेट प्रतियोगिता आगामी चैत ४ गतेदेखि हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
पोखरालाई विराटनगर किंग्सले दियो १४० रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार
‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
कास्की जिल्ला अदालतले ५ दिन थप्यो रविको म्याद
मंसिर २७, २०८१ बिहिबार
राष्ट्र बैंकमा डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर
मंसिर २७, २०८१ बिहिबार
विश्वभर स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मंसिर २७, २०८१ बिहिबार