दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता
नेपालबहस संवाददाता
फागुन १६, २०७८ सोमबार १५:३:१३
१६ फागुन काठमाडौं । संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो । उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको छ।
संसदबाट एमसीसी पारित भएपछि नेपाली जनताका लागि थप रोजगारी, विद्युतको भरपर्दो आपूर्ति र सुलभ यातायात हुने विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले नेपालसँगको सम्बन्धको ७५ वर्ष पुगेको स्मरण गर्दै नेपालको विपद् प्रतिकार्य, पूर्व तयारी, शिक्षालगायतका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएकोसमेत बताएको छ।
अमेरिकाले एमसीसी स्थापनाको २० वर्षमा विभिन्न गरिब तथा विकासशील देशहरुसँग साझेदारी गर्दै गरिबी कम गर्ने काम गरेको भन्दै कुनै पनि देशको स्वतन्त्रतासँग अमेरिका प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार