कांग्रेस कैलालीको नेतृत्वका लागि दोश्रो चरणमा निर्वाचन हुने
नेपालबहस संवाददाता
फागुन १६, २०७८ मंगलबार ०:४६:२४
१६ फागुन, धनगढी । कैलालीमा नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोश्रो चरणमा निर्वाचन हुने भएको छ ।आइतबार भएको पहिलो चरणको निर्वाचनको मत गणना सकिंदा सभापतिमा कुनैपनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् ।
पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि फागुन १८ गते दोश्रो चरणको निर्वाचन हुने भएको हो । कांग्रेसको विधान अनुसार तीन भन्दा बढी उम्मेदवार हुँदा पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ ।
कांग्रेस कैलालीको निर्वाचनका लागि सभापतिमा प्रकाश बम, नारायणदत्त भट्ट र रामबहादुर कलेल उम्मेदवारी दिएका थिए ।
सोमबार सम्पन्न पहिलो चरणको मतगणना अनुसार सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी १ हजार १६९ मत पाएका छन्, भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका छन् । दोश्रो चरणमा पहिलो बढी मत ल्याउने बम र दोस्रो बढी मत ल्याउने भट्टबीच सभापतिका लागि प्रतिस्पर्धा हुने छ ।
दोश्रो चरणको निर्वाचन फागुन १८ गते बुधबार हुने निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले बताए । आइतबार भएको पहिलो चरणको मतदानमा २ हजार ४८५ जना प्रतिनिधिले मत खसालेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार
बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्न जरुरी छ : प्रचण्ड
माघ ७, २०८१ सोमबार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
माघ ७, २०८१ सोमबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार