उदयपुरमा बर्डफ्लुका कारण १६ सय कुखुरा मरे, ५ हजार नष्ट गरिँदै
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १३:२१:११
१७ फागुन उदयपुर । उदयपुरमा पहिलो पटक बर्डफ्लु रोगभित्रिएको छ। ताप्लिगाउँपालिका वडा नं ३ इनामेका किसानले पालेको लोकल कुखुरा, परेवा, टर्की र जंगली पशुपन्छीमा बर्फ्लुको पुष्टि भएको हो ।
एक साताअघि स्थानीय होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षण गर्दा रोग देखिएको भेटिनरी अस्पताल तथापशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डा. अजय साहले बताए ।
उनका अनुसार हालसम्मत्यस क्षेत्रका १ हजार ६२५ पन्छीको मृत्यु भइसकेको छ। कुखुरा मरेका जानकारी पाएलगत्तै बर्डफ्लुको आशंकामा स्थानीयको लिर्यस कुखुरा २० वटा, जंगली पन्छी ५ वटा र परेवा ३ वटा नमुना परीक्षणका लागि विराटनगर पठाइएको थियो ।
विराटनगरको प्रारम्भिक परीक्षणपछि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको उनले बताए। स्थानीयका अनुसार कटारी बजारबाट मार्केटिङका लागि लगिएका लिर्यस र बोइलर कुखुराबाट बर्डफ्लु भित्रिएको हो।
रोगको आशंका गरेलगत्तै परीक्षण अवधिभर इनामे क्षेत्रमा शिल गरी कुखुरा बिक्री वितरण र ओसारपसारमा प्रतिबन्धल गाइएको उनले बताए । स्थानीयले तयार पारेको तथ्यांकअनुसार सबै गरी ५ हजार पन्छी नष्ट गरिने छ। डाक्टर साहले भने, ‘४ ठाउँका लोकल कुखुरा ४ हजार २ सय परेवा ९ सय, हाँस २ सय २५ र टर्की ३५ नष्ट गरिने छ।’ उनले सोमबार दिउँसो टोली पुग्ने र बुधबारसम्म सबै नष्ट गरी बिहीबार टोली फर्किने बताए।
स्थानीयले दिएको प्रारम्भिकजानकारी अनुसार चार ठाउँमध्ये पहिलो स्याम्पलमा लोकल कुखुरा २ सय ५०, परेवा १ सय, टर्की २ वटा, दोस्रोमा लोकल कुखुरा ७ सय, हाँस ५० वटा, परेवा ३ सय, तेस्रो लोकल कुखुरा १ हजार ५ सय, हाँस १ सय २५, परेवा ३ सय, टर्की ३० वटा र चौथोँमालोकलकुखुरा १ हजार ७ सय, हाँस ५०, परेवा २ सय र टर्की ३ वटा नष्ट गरिने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
पुष ११, २०८१ बिहिबार
व्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार