अमेरिकाद्वारा १२ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १४:११:१४
१७ फागुन एजेन्सी । अमेरिकाले १२ रुसी कूटनीतिज्ञलाई निष्काशन गर्ने भएको छ । उनीहरु जासुसी गतिविधिमा संलग्न भएको र त्यसले राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै अमेरिकाले सोमबार १२ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको हो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी मिसनकी प्रवक्ता ओलिभिया डाल्टनले रुसी कूटनीतिज्ञले अमेरिकामा आफ्नो बसाइको गलत प्रयोग गरी जासुसीको काम गरेकाले निकाला गरिएको बताएकी छन् ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले कूटनीतिज्ञहरुलाई मार्च ७ भित्र देश छोड्न भनिएको पत्रकारलाई बताएका छन् । निष्काशनमा पर्ने सबै संयुक्त राष्ट्रसंघका लागि रुसी कूटनीतिज्ञ हुन् ।
नेबेन्जियाले अमेरिकी निर्णयको विरोध गरेका छन् । रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले आर्थिकसहितका प्रतिबन्धात्मक नियम लागु गरेको छ । पछिल्लोपटक उसले कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसंघको मुख्यालयसँगको अन्तरक्रियामा रुसी कूटनीतिज्ञलाई निष्काशन गरिएको प्रवक्ता डाल्टनले बताएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार