वीरेन्द्रनगर बिहानैदेखि सुनसान, ठूलो सङ्ख्यामा प्रहरी परिचालन
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १५:४७:४७
१७ फागुन, कर्णाली । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कफ्र्यु ‘निषेधाज्ञा’का कारण वीरेन्द्रनगर सुनसान बनेको छ । कफ्र्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन् ।
प्रशासनले कफ्र्य तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ । सोमबार साँझ बन्दकर्ताले सुर्खेतका पार्टी कार्यालय, प्रहरी बिट तोडफोडका साथै आगजनीको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिको बैठकले सोमबार रातिदेखि आज साँझ ७ बजेसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो ।
समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा वीरेन्द्रनगर वडा नं ७ र दक्षिणमा लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेविहार, देउती बज्यै, सुब्बाकुनासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला जुलुस गर्न र अन्य कुनै गतिविधि गर्न नपाउने गरी कफ्र्यु जारी गरेका हुन्।
कफ्र्यु जारीपछि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । एमसीसीविरुद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताले सोमबार साँझ नेकपा ‘एमाले’, नेपाली कांगे्रस, नेकपा ‘माओवादी केन्द्र’का कार्यालय तोडफोडका साथै मङ्गलगढी चोक र एरिचोकमा रहेका प्रहरी बिटमा आगजनी गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार