गुल्मेली समाज जापानद्वारा ५ मृगौला बिरामीलाई सहयोग हस्तान्तरण
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १६:४३:१०
१६ फागुन, काठमाडौं । गुल्मी जिल्लाबाट जापान गई विभिन्न पेसा/व्यवसायमा संलग्न व्यक्तिहरूको संस्था गुल्मेली समाज जापानले गुल्मीका मृगौला बिरामीहरूलाई उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
सञ्चारग्राममा आयोजित एक कार्यक्रमबिच मुसिकोट नगरपालिकाका देवेन्द्र गुरुङ, सोही नगरपालिकाका विष्णु थापा, इस्मा गाउँपालिकाका कुलबहादुर कुमाल र सोही गाउँपालिकाका मधु खत्री र चन्द्रकोट गाउँपालिका ७ का रेशम पौड्याललाई जनही ५० हजारका दरले रु २ लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।
उक्त सहयोग रकम गुल्मी मदाने गाउँपालिका घर भई हाल प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, गुल्मेली सहयोगी हातहरू नामक संस्थाका उपाध्यक्ष बिमल घिमिरे, सचिव रमेश काउसो, सदस्य सुशील भट्राई, निर्वतमान उपाध्यक्ष लक्ष्मण अर्यालसहितको उपस्थितिमा आज बिरामी निजका आफन्तहरूलाई प्रदान गरिएको छ ।
गुल्मेली समाज जापानले विपद्÷महामारीजस्ता घटनाका साथै बिरामीलाई स्वास्थ्यउपचारलगायत सामाजिक सेवामा सहयोग गर्दै आएको समाजका अध्यक्ष महेन्द्रकुमार अधिकारीले बताए । समाजको सहयोग उपसमितिले सहयोग रकमको व्यवस्था गरी बिरामीको उपचारमा सहयोग गरिएको उक्त समाजमा महिला उपाध्यक्ष एवं सहयोग समितिका संयोजक लक्ष्मी के.सी. महर्जनले बताए ।
सहयोग रकमले उपचारमा सहयोग पुग्ने र बिरामीहरूलाई राहात मिलेको भन्दै बिरामी र आफन्तले सहयोगका लागि समाजलाई बिरामीका आफन्तका तर्फबाट रुद्रलाल पौडेलले धन्यवाद दिए ।
गाउँकै चेलीसहितका गुल्मेलीहरूले जापानबाट रकमको जोहो गरी बिरामीलाई सहयोग गरेको र सो रकम काठमाडौँमा हस्तान्तरणको लगि संयोजन गर्ने जिम्मा प्राप्त भएअनुसार कार्य सम्पन्न गरिएको भन्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बिरामीलाई स्वास्थ्य लाभको कामनासहित सहयोग गर्ने समाजलाई धन्यवाद दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मतदान गर्न जाँदा बेहोस
मंसिर १६, २०८१ आइतबार
बाघको आक्रमणबाट रौतहटमा वडा अध्यक्ष घाइते
मंसिर १६, २०८१ आइतबार
एचआइभी सङ्क्रमित भन्छन्, “नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ”
मंसिर १६, २०८१ आइतबार
२ बजेसम्ममा ५० प्रतिशत भन्दा धेरै मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार