एमसीसी अनुमोदनः चीनलाई नेपाली कम्युनिष्टहरुको अर्को विश्वासघात
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १८:४५:३२
♦रोहित बाबु
चीनले संसदबाट एमसीसी अनुमोदन नहोस् भनेर धेरै प्रयासहरु गर्यो । वक्तव्य निकाल्यो, भिडियो कन्फेरेन्स गर्यो । संयुक्त राज्य अमेरिकाजस्तो ठूलो व्यापारिक साझेदारका विरोधमा बोल्यो । तर विचरा चीन त यसपटक पनि जिल्लाराम भयो । हिजो पनि आफूले सिर्जना गरेको बाम गठबन्धन जोगाउन चीन कम सक्रिय थिएन ।
कौन पुछेका खेसरीका दालको शैलीमा चीनको सक्रियतालाई नेपालका कम्युनिष्टहरुले धोती लगाई दिए । यसपाली एमसीसीका विरोधमा सडकमा कम्युनिष्टहरुको भीड देखेर आकाशै खस्ने भयो अब त, नेपाली कम्युनिष्टहरुले तहल्का मच्चाउने नै भए भन्ने भ्रममा चीनले एमसीसी विरोधीहरुलाई बल पुग्ने गरी वक्तव्यबाजी गर्न थालेको हो । हसियाँहतौडा झण्डा र कम्युनिष्ट शव्द भनेपछि आफ्नो जातभाई ठान्ने चीनलाई नेपालका कम्युनिष्टहरुप्रति ठूलो भरोसा रहेछ ।
एकैचोटी तीन खाल ( भारत, चीन र पश्चिमा) को पानी खान बानी परेका नेपालका कम्युनिष्टहरु अचेल चौथो खाल ( अरबीयन) को पानी पनि पिउन थालेका छन् । यसरी चारतिर निष्ठा बाँडेका नेपालका कम्युनिष्टलाई राष्ट्रवादी भन्दै काँध थाप्न पुगेको चीनको दशा यसपटक झन दयनीय देखिएको छ । साराका सारा कम्युनिष्ठहरुले एमसीसीको पक्षमा मत जाहेर गर्ने र माहौल बनाउन भूमिका खेलेपछि चीनले किन र कसका लागि आफ्नो मुख खोल्यो र यति हलुका भयो भनेर सर्वत्र प्रश्न गर्न थालिएको छ ।
चीनको दानापानी भन्दा अरुतिरको दानापानीमा रमाएका नेपाली कम्युनिष्टहरु चीनले लाख कोशिस गरे पनि चीनको सल्लाह र सुझाव कहिल्यै मान्ने होइनन । विश्लेषकहरु यसलाई चीनको नेपाली कम्युनिष्टहरुप्रतिको एकतर्फी प्रेमको रुपमा बुझिरहेका छन् ।
विश्वको महाशक्ति हुने सपना बोकी रहेको चीनको यसप्रकारको कमजोर विश्लेषणात्मक क्षमता हेर्दा शंका गर्ने धेरै ठाउँ उत्पन्न भएको छ ।उसका प्रतिस्पर्धी देशहरुले पक्कै पनि चीनको यसप्रकारको कमजोर कुटनीतिक क्षमताको बारेमा प्रश्न गर्ने छन् र हस्सीको पात्रका रुपमा प्रस्तुत गर्नेछन् । खम्पाविद्रोह दबाउन सहयोग गर्ने दरबारप्रति निरपेक्ष रहेर २०६२।६३ को जनआन्दोलनमा नेपाली कम्युनिष्टहरुलाई समर्थन गरेको चीनले तीनचोटी नेपाली कम्युनिष्टहरुबाट धोका पाईसकेको छ ।
पहिलो, १२ बुँदे अन्तर्गत भारतलाई नेपालको तालाचावी बुझाउने काम कम्युनिष्ट नेतृत्वमा भयो जो चीनको चाहना थिएनन । अनमिन पनि कम्युनिष्टहरुले नै नेपालमा भित्राएका हुन् जुन पछि भारतको अनुरोधमा माधवकुमार नेपालले हटाए । चीनको कुरा नेपाली कम्युनिष्टहरुले त्यत्तिबेला पनि टेरपुच्छर लाएका थिएनन् ।
दोश्रो, भारतको इशारामा कम्युनिष्ट गठबन्धन भत्काएर चीनको सल्लाह र सुझावलाई नेपालका कम्युनिष्टहरुले सोझैं ईन्कार गरिदिए । तेश्रो, अहिले एमसीसीमा अमेरिकाको पक्ष र चीनको चाहनाको विपक्षमा मतदान गरेर । विचरा चीन एमसीसीमा नेपाली कम्युनिष्टहरुले हानेको झापड खाएर चुपचाप बस्न बाध्य भएको छ । चीनको दानापानी भन्दा अरुतिरको दानापानीमा रमाएका नेपाली कम्युनिष्टहरु चीनले लाख कोशिस गरे पनि चीनको सल्लाह र सुझाव कहिल्यै मान्ने होइनन । विश्लेषकहरु यसलाई चीनको नेपाली कम्युनिष्टहरुप्रतिको एकतर्फी प्रेमको रुपमा बुझिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
नेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार