सिनियर ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिंह र बोहरालाई
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार १९:४:४९
१७ फागुन, महेन्द्रनगर । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा कञ्चनपुरमा सेनाद्वारा आयोजित पुरुष सिनियर डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि शेरबहादुर सिंह र गोकुल बोहराको जोडीले जितेको छ ।
आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न फाइनल खेलमा ज्ञानु डगौंरा र चन्द्रदेव अवस्थीको जोडीलाई २१–१२, १३–२१ र २१–१२ को सेटले हराउँदै सो उपाधि जितेको हो ।
यहाँस्थित श्री नं २५ वाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजना एवं कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाभरका २८ टोलीले सहभागिता जनाएका थिए । नागरिक–सैनिक सम्बन्ध सुदृढीकरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका उपाधि विजेता, उपविजेता खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडलसहित पुरस्कृत गरिएको छ ।
उपाधि विजेता खेलाडीलाई श्री नंं २५ वाहिनी अड्डाका निमित्त वाहिनीपति महासेनानी शशिकिरण रायमाझी, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख श्यामसिंह चौधरी र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतले पुरस्कृत गरे । प्रतियोगितामा डगांैरा र अवस्थीको जोडी द्वितीय भएको छ । भने भरत चन्द र धीरज चन्द एवं प्रेम सिंह भाट र प्रकाश पन्तले तृतीय स्थान हासिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार