रुसले युक्रेनमा गरेको आक्रमणमा १३ बालबालिकासहित १३६ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १६:९:२९
१८ फागुन एजेन्सी । रुसले युक्रेनमा गरेको आक्रमणका कारण अहिलेसम्म १३ बालबालिकासहित कम्तीमा १३६ जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
गएको बिहीबार फेब्रुअरी २४ देखि रुसले युक्रेनमा युद्ध सुरु गरेको हो। त्यसयता कम्तीमा १३६ जना सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले मंगलबार बताएको हो । संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तकी प्रवक्ता लिज थ्रोसेलका अनुसार आक्रमणमा २६ बालबालिकासहित ४०० सर्वसाधारण घाइते भएका छन् ।
उनले भनेकी छन्, ‘हामीले पुष्टि गर्न सकेको हताहतीमात्रै हो यो, युद्धमा मारिने तथा घाइते हुने सर्वसाधारणको संख्या योभन्दा धेरै हुनसक्छ।’युद्धमा प्रयोग भएका ठूलो क्षेत्रसम्म हानी गर्ने विस्फोटक पदार्थका कारण हताहती बढी भएको उनले बताएकी छन् । गोलाबारी, रकेट तथा मिसाइल घातक देखिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
यसअघि गएको आइतबार युक्रेनले सार्वजनिक गरेको तथ्यांक संयुक्त राष्ट्रसंघको भन्दा निकै धेरै थियो। मन्त्रालयका अनुसार रुसी आक्रमणका कारण ३५२ जना सर्वधारणको मृत्यु भएको छ। यस्तै एकहजार ६८४ जना घाइते भएका छन् । सातौँ दिनमा प्रवेश गर्दा युक्रेनमाथि रुसी आक्रमण थप घातक बनेको छ। रुसले सार्वजनिक स्थान तथा आवासीय क्षेत्रलाई नै निशाना बनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमा आतंककारी गतिविधि गरेको बताएका छन् । उनले रुसले युद्ध अपराध गरिरहेको आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफ्रान्सले युक्रेन बिना नै युद्धबारे छलफलका गर्न चाहेको रूसी दावी
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार