कांग्रेस मकवानपुरको पदाधिकारीको मतपरिणाम सार्वजनिक
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १६:३२:१७
१८ फागुन,मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन अन्तर्गत सोमबार सम्पन्न भएको पदाधिकारीको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
आज बिहान सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणामअनुसार पार्टीको जिल्ला उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् ।
कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरे । सचिव पदमा भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भए । सहसचिवमा इन्दिरा न्यौपाने र ताराचन्द्र बजगाईँ विजयी भए । न्यौपाने ८५० तथा बजगाईंले ५६२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि निर्वाचन दोस्रो चरणमा पुगेको थियो ।
दोस्रो चरणका लागि संस्थापन पक्षका दुई उम्मेदवार लामा र आनन्द पराजुलीबीच प्रतिस्पर्धा हुने भएपछि शीर्ष नेतृत्वको पहलमा लामालाई सर्वसम्मत चयन गरिएको थियो । सदस्यहरुको भने मत गणना हुन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार