दार्चुलाभर विद्यालयमै स्वास्थ्य शिविर
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १७:४१:३३
१८ फागुन, दार्चुला । विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।
दार्चुलाका नौवटा स्थानीय तहहरूका दुईरदुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन गरिनेछ । सम्बन्धित् स्थानीय तहसँगको समन्वयमा बढी विद्यार्थी संख्या भएका विद्यालयहरू छनोट गरि स्वास्थ्य शिविर सञ्चालन गरिने कार्कीले बताए ।
हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानीय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाँकी छ । दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा १२ फागुन र गौरीलमाण्डौ मावि हिकिलामा १३ फागुनमा शिविर सम्पन्न भएको छ । त्यसैगरी ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा १५ फागुन र सम्पाल मावि सुन्सेरामा १६ फागुनमा शिविर सम्पन्न गरिएको कार्कीले बताए ।
यी चारवटा विद्यालयहरूका करिब एक हजार ४०० विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको छ । जसमध्ये आँखा परीक्षण सबैको गरिएको र कान तथा दाँतको परीक्षण समस्या भएका विद्यार्थीहरूको मात्र गरिएको कार्कीले बताए ।
प्रत्येक विद्यालयमा दाँत र कानसम्बन्धी समस्या भएका ३०र४० जना विद्यार्थी भेटिएका छन् । उनीहरूलाई औषधि वितरण गरिएको उनले बताए । विद्यार्थीहरूको आँखा, कान र दाँत परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाबाट तथा आँखा उपचार केन्द्रबाट दुई जनाको टोली आवश्यक परीक्षण सामग्री तथा औषधि बोकेर विद्यालयमा पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार