डीएसपी भण्डारीमाथि छानविन शुरु, करोडमाथि अनियमितताको आरोप
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार २०:४७:४८
१९ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर सिमकोट, हुम्लाका प्रमुख डीएसपी गेहेन्द्र भण्डारीले कर्मचारीको राशनमा करिब एक करोड भन्दा बढी अनियमितता गरेको आरोपमा छानविन शुरु भएको छ । गुल्मका प्रहरी कर्मचारीको राशन भत्ता र सामाग्री खरिदमा डीएसपी भण्डारीले करोडभन्दा बढी अनियमिततामा गरेको आरोपमा बुधबारदेखि छानविन शुरु भएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता निमित्त एसएसपी कमलप्रसाद तिउसिनाका अनुसार भण्डारीमाथि छानविन शुरु भएको प्रष्ट पारे । उनले सशस्त्र प्रहरीका कनिष्ठ कर्मचारीलाई घर बिदा पठाउँदै उनीहरूको राशनबापत आउने रकम आफूले बुझ्ने गरेको आरोपमा छानविन थालिएकाे बताए । त्यसरी घर बिदामा बस्ने कर्मचारीले अनिवार्यरूपमा कार्यालयकै कर्मचारी ‘कोट मास्टर’को खातामा रकम जम्मा गरिदिने र ती कर्मचारीले डीएसपीलाई बुझाउने गरेका कारण उनीमाथि सशस्त्र प्रहरी मूख्यालयले छानविन शुरु गरेको हाे ।
सो गुल्ममा ९८ जना सशस्त्र प्रहरी कार्यरत छन् । तीमध्ये एक महिनामा करिब ६० जनाका दरले कर्मचारीलाई डीएसपी भण्डारीले बिदामा घर छाड्ने गरेका छन । त्यसरी बिदामा छाड्दा मात्रै कर्मचारीबाट उनले मासिकरूपमा ८ लाख ४० हजार बराबर रकम असुल्ने गरेकाे स्रोतको दावी छ । डीएसपी भण्डारीले कर्मचारीको राशनभत्तामा मात्रै १४ महिनाभित्र एक करोड बराबर अनियमितता गरेको स्रोतले जनाएको छ ।
बिदामा छाडेर कर्मचारीबाट राशन भत्ता असुल्ने मात्र होइन, ब्यारेकभित्र सञ्चालित मेसमा पनि लाखौं रूपैयाँ बराबर अनियमितता गरेको आरोप लागेको छ । कागजीरूपमा कर्मचारीलाई कार्यालयमा हाजिर भएको देखाउने, तर उनीहरूलाई घर बिदामा पठाउने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रायः कर्मचारीलाई भण्डारीले एक महिनादेखि ३/४ महिनासम्म घर बिदामा पठाउने गरेका थिए ।
स्रोतका अनुसार घर बिदामा बस्ने कर्मचारीले प्रतिव्यक्ति मासिक १४ हजार रूपैयाँ कोट मास्टरमार्फत डीएसपी भण्डारीलाई बुझाउने गरेका थिए । डीएसपी भण्डारीले घर बिदामा सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी नायव निरीक्षक (सई) बाहेक तल्लो तहका कर्मचारीलाई पठाउने गरेको खुलेको छ । सरकारी नियमअनुसार हुम्लामा कार्यरत सशस्त्र प्रहरीले हाल मासिक २१ हजार रूपैयाँ राशनबापतको भत्ता पाउने छन् ।
घर बिदामा बस्ने कर्मचारीले मासिकरूपमा १४ हजार रूपैयाँ अनिवार्य बुझाउने गरेका छन् । यसअघि कर्मचारीको मासिक १८ हजार राशनभत्ता रहेकोमा सरकारले गत साउनबाट बढाएर २१ हजार रूपैयाँ पुर्याएको हो ।
कर्मचारीको राशनभत्ता १८ हजार हुँदा उनीहरूले डीएसपी भण्डारीलाई मासिकरूपमा १२ हजारका दरले बुझाउने गरेका थिए । भण्डारीले गुल्मको नेतृत्व सम्हालेपछि ‘कोट मास्टर’का रूपमा सहायक हबल्दार नवराज केसी, वरिष्ठ हबल्दार सुनिल रेग्मी, हबल्दार गणेश थापाले काम गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार