पर्सा कांग्रेसको सभापतिमा क्षेत्री प्यानलसहित विजयी
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार १९:१७:१७
२० फागुन, बीरगञ्ज । नेपाली कांग्रेस पर्साको सभापतिमा संस्थापक पक्षका उम्मेदवार जनार्दन सिंह क्षेत्री सम्पूर्ण प्यानलसहित विजयी भएका छन् । कांगेस पर्साको १४ अधिवेशन अन्तर्गत जिल्लामा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा क्षेत्री आफ्नो प्यानलसहित ठूलो मतान्तरले विजयी भएका हुन् ।
जिल्लामा नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट पूर्व जिल्ला समन्वय समितिका अध्यक्ष जनार्दन सिंह क्षेत्री र संस्थापन इतर पक्षबाट निवर्तमान जिल्ला सचिव श्यामप्रसाद पटेल आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
निर्वाचन अधिकृत नरेन्द्रबहादुर केसीका अनुसार जिल्ला सभापतिमा क्षेत्री ४ सय ६५ मतले विजयी भएका छन् । सिंहले १ हजार १ सय १० मत ल्याउँदा पटेलले केवल ६ सय ४५ मत ल्याएका छन् । सिंहलाई क्षेत्र नम्बर १ बाट ११९, क्षेत्र नम्बर २ बाट २२३, क्षेत्र नम्बर ३ बाट ३७७ र क्षेत्र नम्बर ४ बाट ३९१ मत प्राप्त भएको छ ।
जिल्ला उपसभापतिमा रामनारायण प्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका छन् । क्षेत्रीकै प्यानलबाट उम्मेदवारी दिएका कुर्मीले १ हजार २ सय ३५ र गुप्ताले १ हजार १ सय २ मत प्राप्त गरेका छन् । त्यसैगरी सचिवमा इम्तियाज आलमले १ हजार १ सय ८७ र दिनेश कुमार चौधरीले १ हजार १ सय ५९ मत ल्याएर विजयी भएका छन् । त्यस्तै सह(सचिवमा नविन सिंहले १ हजार २ सय ५३ र मदन राउत अहिरले १ हजार १ सय ११ ल्याएर विजयी भएका छन् ।
सिंहले जिल्लामा संस्थापक पक्षका तीन ठूला नेता केन्द्रीय सदस्यद्वय रमेश रिजाल, अजय चौरसिया र पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीको साथ पाएका थिए भने पटेलसँग संस्थापन इतर पक्षका निवर्तमान जिल्ला अध्यक्ष अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यको साथ थियो ।
त्यस्तै क्षेत्रीले अर्का सभापतिका उम्मेदवार रामनारायण कुर्मीलाई आपसी सहमतिमा उपसभापतिमा लड्न लगाएका थिए । कुर्मी पनि क्षेत्रीको प्यानलबाट उम्मेदवार बन्दा इतर समूह झन् कमजोर बनेको थियो भने जिल्लाको ४ वटा क्षेत्रका १४ वटै स्थानीय तहमध्ये अधिकतमा पनि संस्थापन पक्षले आफ्नो पकड बनाएको थियो । संस्थापन इतर पक्षले बीरगञ्ज महानगरपालिकामा मात्रै जीत हासिल गरेको थियो ।
मतपरिणाम घोषणा सार्वजनिक भएसँगै उपबिजेता बनेका श्याम पटेलले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै सिंहसहितको प्यानललाई बधाई दिँदै आफुलाई सहयोग गर्ने सम्पूर्ण नेता र पार्टीका साथीहरुलाई धन्यवाद दिएका छन् ।
विभिन्न कारणले लामो समयदेखि सर्दै आएको जिल्ला निर्वाचन अन्ततः बिहिबार बीरगञ्जस्थित बालमन्दिर परिसरमा सम्पन्न भएको थियो । निर्वाचनमा ६७ पदका लागि १ हजार ८ सय ३० जना मतदातामध्ये १ हजार ७ सय ७९ जनाले मतदान गरेको निर्वाचन अधिकृत केसीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार