धोविघाटस्थित एउटा फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार १९:५०:३३
२० फागुन, काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड (KUKL), आयोजना कार्यान्वयन निर्देशनालय (PID)अन्तर्गत ललितपुरको धोवीघाटका दुईमध्ये एउटा फोहोरपानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको धोवीघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । यस केन्द्रबाट फोहोरपानी प्रशोधनको परीक्षण कार्य आगामी साउन महिनाभित्रमा शुरु गर्ने कार्यक्रम रहेको आयोजनाका उपनिर्देशक एवम् प्रवक्ता ई. लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।
धोविघाटस्थित यो केन्द्र र यहाँ नै निर्माणका क्रममा रहेको अर्को फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रतिकेन्द्र प्रतिदिन ३ करोड ७० लाख लिटर रहेको ईन्जिनियर यादवले बताए । यसैगरी, कोड्कु (बालकुमारी) मा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको क्षमता प्रतिदिन १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गर्ने रहेको उनको भनाई छ ।
इन्जिनियर यादवका अनुसार भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन क्षमता भएको फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य जारी रहेको छ । यसअघि, गुहेश्वरीमा निर्माण सम्पन्न भएको दैनिक ३ करोड २४ लाख लिटर क्षमताको फोहोरपानी प्रशोधन केन्द्र हाल संचालनमा रहेको छ । डिजाइन, निर्माण र संचालन (Design, Build and Operate) को अवधारणा अन्तर्गत निर्माण सम्पन्न भएको र निर्माणाधीन केन्द्रहरूको कूल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोरपानी प्रशोधन गर्ने रहेको उनले बताए ।
जसअनुसार, गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक ३ करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ भने सल्लाघारी फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक १ करोड ४२ लाख लिटर फोहोरपानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु (बालकुमारी) केन्द्रबाट १ करोड ७५ लाख लिटर फोहारपानी प्रशोधन गरी मनोहरा नदीमा र धोवीघाट फोहोरपानी प्रशोधन केन्द्रबाट दैनिक ७ करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह गरिने ईन्जिनियर यादवले बताए ।
यस्तै, गोकर्णमा ३० लाख लिटर क्षमता र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । काठमाडौं उपत्यकाका घरपरिवारबाट खानेपानीको उपभोगपछि झण्डै ८० प्रतिशत पानी फोहोरपानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिन जाने भएकाले नदी तथा खोलाको मुहानदेखि नै फोहारपानी मिसिन नदिई नदी तथा खोलाहरूमा स्वच्छ एवम् सफापानीको बहावलाई निरन्तरता दिनका लागि ठूला तथा साना क्षमताका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि भित्रिने दैनिक १७ करोड लिटर र त्यसपछि याङ्ग्री तथा लार्के खोलाबाट दैनिकरूपमा भित्रिने १७÷१७ करोड लिटर गरी कूल ५१ करोड लिटर तथा स्थानीय स्रोतबाट उत्पादित उल्लेख्य परिमाणको खानेपानी उपभोग एवम् प्रयोगपछि झण्डै ८० प्रतिशत फोहोरपानीका रूपमा बिसर्जन हुने भएकाले थप फोहोरपानी प्रशोधन केन्द्रहरू निर्माण गर्नु आवश्यक रहेको ईन्जिनियर यादवले बताए ।
काठमाडौं उपत्यकाका घरघरबाट निस्कने फोहोरपानी नजिकैका फोहोरपानी प्रशोधन केन्द्रहरूमा पुर्याउनका लागि (PID) बाट हनुमन्ते र मनोहरासमेतका नदी तथा खोलाका दुबैतर्फका किनारहरूमा करिब ३० किलोमिटर ढल प्रणाली निर्माणको कार्य सम्पन्न भएको उनले बताए । साथै, ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा गरी करिव ८ किलोमिटर ढल संजाल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।
आगामी सन् २०३० सम्ममा काठमाडौं उपत्यकामा बृद्धि हुने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिव ४९ करोड लिटर फोहोरपानी उत्सर्जन हुने अनुमान गरिएको यादवले बताए । हाल काठमाडौं उपत्यकामा दैनिकरुपमा करिव २३ करोड लिटर फोहोरपानी उत्सर्जन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार