माओवादीको केन्द्रीय समिति बैठक सुरु, नारायणकाजी श्रेष्ठ पनि सहभागी

नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार १९:५८:१५

२० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । राष्ट्रियसभा गृहमा बैठक सुरु भएको केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदीले जानकारी दिइन् । यसअघि बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक नेताहरुको आन्तरिक छलफलको कारण साढे दुई घण्टा ढिला गरी सुरु भएको हो ।
बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ । ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनको अधिकार केन्द्रीय समितिलाई दिएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरुबीच खटपट भएको छ । नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । उनीहरुले पार्टीभित्रै संघर्ष गर्ने वा छुट्टै पार्टी गठन गर्नेसम्मका विषयमा छलफल गरेका छन् ।
बैठकमा नेता श्रेष्ठ पनि सहभागी भएको नेतृ अन्जना बिशंखेले जानकारी दिइन् । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाई राख्ने तयारी गरेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
संविधानसभा सदस्य सापकोटाको निधन
फागुन ८, २०८१ बिहिबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
सशस्त्रका डीआइजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
हात्तीवन क्षेत्रमा हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै: फोटोफिचर
फागुन ८, २०८१ बिहिबार
नेपालमा पहिलो पटक विद्यालयस्तरीय ह्याकाथुन प्रतियोगिता सम्पन्न
फागुन ८, २०८१ बिहिबार
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार