चुलाचौकाको काममा व्यस्त महिलाहरू नारी दिवसबारे अनभिज्ञ
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार २१:१५:५४
♦ सुधा देव
२० फागुन, सप्तरी । ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ राष्ट्रिय नाराका साथ यस वर्ष ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला ‘नारी’ दिवस मनाइँदै छ। नेपालमा पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाएको दशकौं भयो।
महिलाको अधिकार, महिला अधिकार रक्षा र महिलाले आफ्नो समस्या राख्ने र अधिकार माग्ने थालेको रूपमा महिला दिवस मनाइँदै आए पनि ग्रामीण भेगका महिला यसबाट अनभिज्ञ छन्।
सप्तरी छिन्नमस्ता गाउँपालिका ललापट्टीकी ८० वर्षिया फुलिया देवी यादवले महिला दिवसको विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताइन्। उनले भनिन्, ‘गाउँमा यस विषयमा कुरा गरेर हामीलाई जानकारी गराए पो थाहा हुन्छ । सधैं चुलाचौका र खेतीपातीको काममा व्यस्त हुँदाहुँदै जीवन सकिन लागेको छ।’
राजविराज नगरपालिका-१ कि ७८ वर्षीया दल्लु देवी यादवले छोरालाई मात्र नभएर छोरीलाई पनि शिक्षा दिएर आत्मनिर्भर बनाइसकेकी छिन्। गाउँमा बालिका शिक्षाको महत्त्व तथा बालविवाह न्यूनिकरणका लागि वकालत गर्दै आए पनि महिला दिवसको विषयमा अनभिज्ञ रहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘झम एक अक्षर पनि पढेको छैन । कसैले कुनै विषयमा जानकारी दिएपछि बुझ्न र सिक्न तत्पर रहन्छु। तर महिलाका लागि महिला दिवस पनि हुन्छ भन्ने आज सुन्दैछु। यो मेरा लागि नयाँ विषय हो।’
सोही ठाउँकी ६० वर्षीया जलेश्वरी देवी खंगले भनिन, झमहिला दिवसको विषयमा जानकारी नहुनु दु:खद भए पनि यसमा महिलाहरूको दोष देख्दिन ।’ यस गाउँमा विभिन्न कार्यक्रमको आयोजना हुँदै आए पनि महिला दिवसको विषयमा कहिल्यै कुनै कार्यक्रम भएको थाहा नभएको उनको बताइन् ।
महिला दिवस मनाएको धेरै वर्ष भएपनि सहरमुखि भएकोले ग्रामीण महिलालाई यस विषयमा जानकारी नहुनु स्वाभाविक रहेको समाजसेवी करूणा झाले बताइन्। हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाइने गरिएको छ । यस वर्ष आउँदो मंगलबार परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
भैँसीपालनमा रमाउँदै घोरासैनी
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार