बलिउड कलाकार : नामबाटै रेष्टुरेन्ट र खानेकुरा !
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शुक्रबार २१:३१:३६
२० फागुन, काठमाडौं । बलिउड निकै ठूलो र रंगीन छ । जसको आकाशमा केही कलाकार चम्किन्छन् त केही गुमनाम हुन्छन् । बलिउडमा यस्ता कैयौं कलाकार छन्, जो आफ्नो अभिनयको दममा फ्यानको दिल र दिमागमा छाप छोडिरहेका छन् । यीमध्ये केहीको नामबाट रेष्टुरेन्ट र खानेकुरा नै बनेका छन् ।
दक्षिणका सुपरस्टार रजनीकान्तलाई दर्शकले उनको स्टायल र अभिनयका लागि चिन्छन् । उनको भारतमा करोडौं फ्यान छन् । उनलाई फ्यानहरूले ‘थलाइवा’ नामले चिन्छन् । उनको नाममा चेन्नईको न्यू नीला भवनमा रहेको एक रेष्टुरेन्टमा १२ खानेकुरा पाइन्छन् ।
बलिउडकी ‘डिम्पल गर्ल’ अभिनेत्री दीपिका पादुकोणको हाँसो र लुक्सको जोकोही फ्यान छन् । उनको नाममा महाराष्ट्रको पूणेमा पराठा बनाइन्छ । यसबाहेक अमेरिकाको अस्टिन शहरको एक रेष्टुरेन्टमा डोसाको नाम नै दीपिका राखिएको छ ।
बलिउड अभिनेता रणवीर कपूरको नाममा पञ्जाबको राजधानी चण्डीगढको एक ढावामा स्पेशल चिकन पाइन्छ । रणवीर आफ्नो पोलिटिकल ड्रामा फिल्म ‘राजनीति’को प्रवद्र्धन गर्न यो ढावामा पनि पुगेका थिए ।
बलिउडका ‘किंग खान’ शाहरुख खानको लोकप्रियता भारतमा कम छैन । केही समय अघि उनले बनारसमा जुन दोकानमा पान खाए, पानवालाले उनको नामबाट नै पान बेच्न थाले । त्यो पान पसल वरपरका मानिसहरु त्यो दोकानलाई अहिले ‘शाहरुखले पान खाएको दोकान’ भनेर चिन्दछन् ।
ग्लोबल आइकन अभिनेत्री प्रियंका चोपडाको नाममा वेस्ट हलिउडमा मिलियन्स अफ मिल्कशेक्स स्टोरमा मिल्क शेक पाइन्छ । अभिनेता सलमान खानको नाममाथि उनको एक फ्यानले पूरा रेस्टुरेन्ट खोलेका छन् । जुन रेस्टुरेन्टमा पाइने खानेकुराहरुको नाम उनले फिल्मका निभाएको पात्रको नाम राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार
ठाउँ अभावले एक्सरे सञ्चालनमा समस्या
जेठ ४, २०८१ शुक्रबार