यो साता लगातार घटेको बजार आगामी साता के होला ?प्राविधिक पक्षसहित
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शनिबार १:१५:२८
२० फागुुन, काठमाडौं । अघिल्लो साता निरन्तर घटेको शेयरबजार यो साता पनि घट्नेक्रम रोकिएन । प्रायः माग फागुनमा सँधै जस्तो बजारमा तरलता अभाव हुने गर्छ । यसको साथै विभिन्न कम्पनीहरुको हकप्रद तथा बोनस शेयर लिस्टिङ हुने भएकोले पनि शेयरबजारमा सँधै जसो नै बिक्री दवाव पर्ने गर्छ ।
शेयरबजारमा यो साता जम्मा ३ दिन कारोबार भयो । कारोबार भएका सबै दिनमा बजारमा गिरावट आयो । अघिल्ले साताको अन्तिम कारोबारमा बजार २६६१.४४ अंकमा बन्द भएको थियो । यो साताको अन्तिम कारोबारमा बजार २५४७.०४ मा बन्द भएको छ । यो साताभरमा बजार ११४.४ अंकले गिरावट आयो भने साताभरमा जम्मा १०.४५ अर्बको कारोबार भयो ।
साताको पहिलो दिन आइतबार बजार ७.७४ अंकले गिरावट आयो भने सोमबार बजार ४३ अंकले गिरावट आयो । मंगलबार शिवरात्रीको कारण बजार बन्द रह्यो । बुधबार पनि बजारमा निरन्तर गिरावट आयो । बुधबार बजार ६३.५४ अंकले गिरावट आयो । बिहीबार पनि बजार बन्द रह्यो । सरकारले ग्याल्पो ल्वोसारका कारण सार्वजनिक बिदा दिएको थियो ।
यस हिसाबले यो साता बुधबारको काराबार नै अन्तिम कारोबार भएको छ । बजार यसरी निरन्तर घट्नुमा बजार जानकारहरुले तरलता अभाव नै प्रमुख कारण रहेको बताएका छन् भने प्राविधिक बिश्लेषकहरुले बजार अब धेरै नघट्ने दाबी गरेका छन् । बजार बढेपछि घट्ने र घटेपछि बढ्ने सामान्य चक्र भएको कारण बजारले अब बटम लगाईसकेको तर्क गर्नेहरु पनि बजारमा भेटिन्छन ।
अघिल्लो साता र यो साता पनि बजार निरन्तर घटेकोले अब अल्पकालिन लगानीकर्ता बजार पस्न सक्ने सम्भावना पनि उत्तिकै छ भन्ने जानकारहरुको तर्क छ । यसै सिल्सिलामा आज हामीले बजारको अल्पकालिन बिभिन्न र्औजारमार्फत हेरेका छौ ।
बोलिङगर ब्याण्ड अन्तगर्त हेर्दा बजारले तल्लो ब्याण्डमा छोएर रातो लामो मारुबुजु क्याण्डल बनाएको छ । (हेर्नुस कालो एरो ) यसले बजारमा सामान्य करेक्सनको सम्भावना आगमी साता पनि देखिन्छ । भोलुम र एमएसीडीको आधारमा भन्नु पर्दा बजारमा बिस्तारै भोलुम बढेको छ भने एमसीडी लाईन अन्तगर्त हिस्टोग्राम नेगेटिभ र लामा लामा भएका छन् ।
यसले बिक्रीकर्ता हावी भएको बुझिन्छ र आरएसआई ३० को जोनमा रहेको छ । यो भनेको बजार ओभर सोल्ड जोनमा पुगेको भन्ने हो । बोलिङगर ब्याण, एमएसीडी र आरएसआइको सम्बन्ध घट्दो क्रममा रहेको छ । यो भनेको बजार अल्पकालको लागि बियरिस रहेको भन्ने हो । यदि आगामी दिनमा बजार घटे पनि आरएसआई हुक बनाएर फर्कन्छ भने बजार बढ्ने सम्भावना रहन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार