कांग्रेस अछाम अधिवेशनः ४ जना पदाधिकारीका लागि १९ जनाको उम्मेदवारी
नेपालबहस संवाददाता
फागुन २०, २०७८ शनिबार १:३५:२१
♦कल्पना बोहरा
२० फागुन, अछाम । नेपाली कांग्रेस अछामको जिल्ला अधिवेशनका उम्मेदवारहरुको मनोनयन प्रक्रिया सकिएको छ । निर्वाचन समितिले जिल्ला अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र महासमिति सदस्यहरुको अन्तिम नामावली प्रकाशन गरेको छ । ७ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापति पदका लागि ३ जनाको उम्मेदवारी परेको छ ।
पूर्व पार्टी सभापति पुष्पबहादुर शाह, वर्तमान सभापति भरतकुमार स्वाँर र नेविसंघ अछामका पूर्व अध्यक्ष राजन कुवँरको सभापतिमा उम्मेदवारी परेको हो । सभापतिका उम्मेदवार शाह क्षेत्र नं. २ बाट एक्लो उम्मेदवार हुन भने क्षेत्र नं. १ बाट स्वाँर र कुवँरले उम्मेदवारी दर्ता गराका हुन् ।
उपसभापतिमा आवश्यक २ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ । जसमा चन्द्रप्रसाद ढुंगाना, टेकबहादुर साँउद, धनबहादुर शाह, नयाँराम बजगाई र ललितबहादुर कुवँरले उम्मेदवारी दर्ता गराएका छन् । उपसभापतिमा ढुंगाना र बजगाँई क्षेत्र नं. २ बाट हुन् भने क्षेत्र नं. १ बाट साउद, शाह र कुवँरको उम्मेदवारी कायम भएको छ ।
जिल्ला सचिव २ जनाको लागि ६ जनाको उम्मेदवारी परेको छ । अनिलकुमार बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवँर, पुष्प बहादुर बिष्ट, प्रकाश बहादुर साउद र सुरत बहादुर बुढथापाको उम्मेदवारी परेको छ । सचिवमा दुबै क्षेत्रबाट ३र३ जनाको उम्मेदवारी कायम भएको छ । यस्तै सहसचिव २ जनाको लागि ५ जनाको उम्मेदवारी परेको छ । खगेन्द्र बहादुर खड्का, गोबिन्द बहादुर बिष्ट, दिनेश कुमार स्वाँर, ललित बहादुर साउद र हिक्मत बहादुर धामीको उम्मेदवारी कायम रहेको छ । जिल्ला कार्य समिति सदस्य खस आर्य ६ पुरुषतर्फ जनाको लागि २१ जनाको उम्मेदवारी परेको छ ।
खस आर्य महिला सदस्यमा ५ जनामा ५ जनाको मात्रै उम्मेदवारी परेकाले उनीहरु सबै निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्य पुरुषतर्फ ६ र महिलातर्फ २ जनाले उम्मेदवारी दिएका छन् । भूगोतर्फ मंगलसेन नगरपालिकामा ६ जना, साँफेबगरबाट ४ जना, चौरपाटीबाट २ जना, मेल्लेखबाट २ जना, बान्नीगढी जयगढबाट ४ जना, रामारोशनबाट ५ जना, कमलबजारबाट ५ जना, पञ्चदेवल बिनायक बाट ६ जना, तुर्माखाँदबाट ४ जना र ढकारीबाट ३ जनाको उम्मेदवारी परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार