सर्लाहीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाइने
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १६:३९:२२
एसवी थापा
२२ फागुन, सर्लाही । नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम)संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ ।
संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
अनेम संघ सर्लाहीकी अध्यक्ष कल्पना कटुवालले २७ फागुनसम्म विभिन्न गतिविधि गरिने बताइन् । संघले मानवसेवा आश्रममा फलफूल वितरण गरेको छ । आइतबार पद्म भुवनेश्वरी नमुना बृद्धा सेवा आश्रम लालबन्दीमा बृद्धबृद्धालाई मिष्ठान्न भोजन गराउने संघले जनाएको छ ।
सोमबारदेखि बर्थिङ सेन्टरको अनुगमन गर्ने र सरोकावाला समूहसँग अन्तर्क्रिया गर्ने, महिला भेला तथा स्थानीय निर्वाचन केन्द्रित महिला सशक्तिकरणका लागि सचेतना कार्यक्रम गर्ने र २७ फागुनमा चन्द्रनगर गाउँपालिकास्थित नारीमैनताल प्रांगणमा अभियानको समीक्षासहित समापन गरिने कटुवालले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार