रुपक अंलकारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १६:४६:९
२२ फागुन, काठमाडौं । कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाब्य ‘विश्रान्त’ सार्वजनिक भएको छ। शनिबार एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, समालोचक रामप्रसाद ज्ञवाली, महेश पौड्याल, शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन् ।
फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रुपमा महाकाब्य ल्याएका हुन् । सदस्य सचिव उपाध्यायले नेपालका राजनितिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए ।
विचार र कला सौन्दर्यको हिसाबले कृति अब्बल रहेको उनले बताए। समालोचक डा ज्ञवालीले महाकाब्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताए ।
पुस्तकमा रहेको मुख्य पात्रले भोगेको जीवन चरित्र अहिलेको राजनितिक नेतृत्वको प्रतिविम्ब रहेको ज्ञवालीले प्रकाश पारे। ज्ञवालीले भने, ुसमाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनितिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह(अवरोहमार्फत समाजको चित्रण गरेको छ ।ु
समालोचक पौड्यालले सुदुर गाउँबाट अवसरका लागि आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए ।
लेखक तथा समालोचक अधिकारीले महाकाव्यको महत्व साहित्यमा व्यापक रहेपनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गरे ।
महाकाब्यलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ३ सय ७५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम
मंसिर १०, २०८१ सोमबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ [ फोटो फिचर ]
मंसिर १०, २०८१ सोमबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार