नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार १२:२९:१
२३ फागुन काठमाडौं । सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । यसअघि दुईपटक सारिएको बैठक बस्न लागेको हो । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।
गएको शुक्रबारदेखि सुरु भएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नाराणकाजी श्रेष्ठले धारणा राखेका थिए ।
बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय भएको छ । आजको बैठकमा पदाधिकारी टुंग्याउने नेताहरूको तयारी छ । गएको पुस ११ देखि १३ गतेसम्म भएको पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन पदाधिकारी चयन नै नगरी टुंगिएको थियो ।
२३६ केन्द्रीय कमिटी मात्रै गठन भएको थियो । केन्द्रीय कमिटी बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो । १५ सदस्यीय पदाधिकारीमा अध्यक्षमा मात्रै चयन भएका छन् । त्यसपछि बोलाइएका केन्द्रीय कमिटी बैठक कोभिड–१९ र राजनीतिक कारण देखाउँदै स्थगित गरिएको थियो ।
माओवादी केन्द्रमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
उत्तरी मेक्सिकोमा गोप्य चिहानमा १२ शव फेला
पुष १२, २०८१ शुक्रबार
‘खतरनाक नयाँ युग’ : जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो
पुष १२, २०८१ शुक्रबार
जनकपुरधाममा जनकपुर बोल्ट्सका खेलाडीको 'ट्रफी परेड'
पुष १२, २०८१ शुक्रबार
विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट
पुष १२, २०८१ शुक्रबार
कैलास मानसरोबरको सिजन सुरुः पैसा असुल्न एजेन्सीको होडवाजी, यसरी ठगिन्छन् तिर्थालु
पुष १२, २०८१ शुक्रबार