एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खातामा ८४ लाखसम्मको बीमा सुविधा
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार १८:२:२१
२३ फागुन, काठमाडौं । बैंकहरूले कुन कुन सेवा दिएवापत शुल्क लिदैनन् वा कुन कुन सेवा दिएवापत शुल्क लिन्छन् ? भन्ने कुराको जानकारी हुनु जरुरी छ । नेपालमा सञ्चालित २७ वाणिज्य बैंकहरूले आ–आफ्नो बचत खाताको योजना अनुरुप विभिन्न फाइदाहरू उपलब्ध गराइ ग्राहकलाई आकर्षित गरिरहेका छन् ।
अधिकांश बैंकहरूमा खाता खोल्दा एटीएम, डेभिड कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदि फाइदाहरू दिने गरेका छन् । ती फाइदाहरू के कति समयका लागि दिने भन्ने बिषयमा बैंकहरूको आ–आफ्नै नियम छ । प्रायः बैंकहरुले पहिलो वर्षको लागि मात्र ती फाइदाहरूमा केही छुट उपलब्ध गराएर ग्राहक आर्कषण गर्ने गरेका छन् ।
तर, एनआईसी एशिया बैंकले देशको बैंकिङ क्षेत्रमै पहिलोपटक सर्वश्रेष्ठ बचत खाताको एम्बेसरड श्रेणीमा डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङका फाइदा ५ वर्षका लागि निःशुल्क उपलब्ध गराउँछ । जुन फाइदा अन्य बैंकहरूले दिन सकेका छैनन् ।
पछिल्लो समय एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता सञ्चालनमा ल्याएको छ । ‘चमत्कारिक बचत खाताले नागरिकको मन जित्न सफल भएपछि अझ थप फाइदासहितको सर्वश्रेष्ठ बचत खाता ल्याउन प्रेरित भएका हौं,’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सुनाए, ‘हामी ग्राहक महानुभावलाई बढी भन्दा बढी फाइदा सर्वश्रेष्ठ बचत खाताबाट दिन चाहान्छौ ।’
सर्वश्रेष्ठ बचत खातावालको लागि अर्को महत्वपूर्ण फाइदा भनेको आफूले चाहेको बेलामा आफ्नो बचत खाताको रकम देशभरको कुनैपनि बैंकको एटीएमबाट निःशुल्क झिक्न पाउनु हो । एनआईसी एशियाका अन्य बैंकहरूको भन्दा सबैभन्दा बढी एटीएम संख्या (४७३ एटीएम) रहेका छन् । यदि तपाईसँग एनआईसी एशियाको खाता छ भने हाल मुलुकभरका सबै बैंकका ४ हजारभन्दा धेरै एटीएमबाट पनि निःशुल्क रुपमा पैसा सहज रुपमा झिक्न सकिन्छ ।
एनआईसी एशियाको सर्वश्रेष्ठ खाता खोल्दा बैंकले आकर्षक २४ फाइदा दिने योजना सार्वजनिक गरेको छ ।
पाँच वर्षसम्म निःशुल्क सेवा
यदि तपाईंले एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खाता योजनाको एम्बेसडर श्रेणीको खाता खोल्नु भयो भने पाँच वर्षसम्म अरु कुनै पनि बैंकले नदिएको निःशुल्क सेवा पाउनुहुनेछ । सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले डेभिड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पाँच वर्षको लागि निःशुल्क प्रयोग गर्न पाउँछन् । यस बैंकमा क्रेडिट कार्ड आवेदन र जारी शुल्क, प्रिपेड डलर कार्ड, इकमर्श सुचारु गर्न, चेक क्लियरिङ गर्न कुनै पनि शुल्क लाग्दैन ।
एनआईसी एशिया बैंकले आरटीजीएस, आईपीएस, सीआईपीएसको हरेक पटकको कारोबार निःशुल्क उपलब्ध गराएको छ । डिम्याट र मेरो शेयर प्रयोगमा पनि शुल्क लाग्दैन । लकरको प्रयोग गर्ने ग्राहकलाई लकर मार्जिनमा १०० प्रतिशत छुट दिइएको छ । शेयरबजारलाई ध्यानमा राखेर एनआईसी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि पहिलो वर्ष ५० प्रतिशत छुट उपलब्ध गराएको छ । त्यस्तै, विदेशी मुद्रा सटहीको दस्तुरमा भारी छुट दिइएको छ ।
रू.२१ लाखदेखि रू. ८४ लाखसम्मको बीमा फाइदा
एनआईसी एशिया बैंकले यस्ता गुडविल एम्बेसडर श्रेणीको खाता खोल्ने ग्राहकको लागि रू. २१ लाखदेखि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । एनआईसी एशिया गुडविल एम्बेसडर बचत खाता सबैभन्दा उत्कृष्ट खाता हो । जसमा ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध छ ।
गुडविल एम्बेसडर खाता हुने कर्मचारीले आफु एवं आफुले सिफारिस गरेका ३ व्यक्ति गरी चार जना बराबरको ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग उपचार बीमा र ४ लाखसम्मको औषधि उपचार बीमा पाउनेछन् । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने छन् ।
यो बीमा फाइदा पाँच वर्षसम्म उपलब्ध हुनेछ । यसको अर्को अझ राम्रो पक्ष के हो भने यस खातावालाले तोकेका अन्य तीन जनाले पनि यो बीमा फाइदा पाउनेछन् । त्यस्तै, प्राइड श्रेणीको खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बीमा फाइदा प्राप्त गर्नेछन् । यसमा दुर्घटना बीमाको लागि २० लाख, घातक रोग बीमा २० लाख र औषधि उपचारको लागि २ लाख रुपैयाँ बीमा रकम उपलब्ध गराइएको छ । औषधोपचार बीमाको २ लाखमध्ये अस्पताल भर्ना भएको अवस्थामा १ लाख ६० हजार रुपैयाँ र ओपीडीको लागि ४० हजारर रुपैयाँ बीमावापत उपलब्ध गराइने छ ।
यस्तो फाइदा खातावालाले आफूले मात्र प्रयोग गर्ने छैन् । उसले तोकेको अर्को एकजनाले पनि यो बीमा पाउने छन् । यो खातावालाले पनि यस्तो बीमा फाइदा ५ वर्षको लागि उपलब्ध हुनेछ । त्यस्तै, पार्टनर श्रेणीको खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बीमा फाइदा पाउने छन् ।
जसमा दुर्घटना बीमा १० लाख, घातक रोग बीमा १० लाख र औषधोपचार बीमा १ लाख रहेको छ । औषधोपचारको १ लाख बीमामध्ये ओपीडी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्नाको लागि ८० हजार रुपैयाँ तोकिएको छ । पाँच वर्षसम्म उपलब्ध हुने यो बीमा फाइदा यस खाताको बीमा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन् ।
सहुलियत कर्जा
तपाईंले सस्तो ब्याजदरमा ऋण लिएर फाइदा लिनु छ भने एनआईसी एशिया बैंकमा खाता खोल्न आवश्यक छ । बैंकले सर्वश्रेष्ठ बचत खातामा पूर्व स्वीकृति कर्जाको फाइदा ल्याएको छ । पूर्व स्वीकृति कर्जा भनेको कुनै ग्राहकको एम्बेसडर गुडविल खाता खोलेर तीन महिनाको लागि १० लाखको औषत व्यालेन्स राखेका छन् भने पूर्व स्वीकृति कर्जाअनुसार १ करोडसम्मको ऋण र सोको सहुलियत ब्याज तथा न्यून प्रशासनिक शुल्कमा लिन सक्नेछन् ।
सर्वश्रेष्ठ बचत योजनाबाट कर्जा लिँदा ब्याजदर र प्रशासनिक शुल्कमा विशेष फाइदा पाइन्छ । यस खातामा तीन महिनाको औषत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन सकिन्छ । यस्तो ऋणको बेसरेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०.२५ प्रतिशतमात्र हुन्छ ।
उच्चतम ब्याजदरमा पनि एनआईसी एशिया अगाडि
‘बढी ब्याज दिने बैंकमा पैसा राख्नु पर्छ, त्यसमा पनि कुनै दुविधा रहने कुरै भएन्,’ सीईओ न्यौपानेले भने, ‘तर, ब्याजका अतिरिक्त बैंकमा पैसा राख्दा के के फाइदा छन् भन्ने कुरा पनि बिर्सनु हुँदैन् ।’ आफूले जुन बैंकमा खाता खोलेर पैसा राख्न खोजिएको छ । उक्त बैंकले उच्चतम ब्याजका अतिरिक्त बीमा, कर्जा, निःशुल्क एटीएम लगायतका फाइदा दिन्छ कि दिँदैन भन्ने पनि हेरिनु जरुरी रहेको उनले औल्याए ।
अहिले पनि बचतमा खातामा उच्चतम ब्याज दिने कुन कुन बैंक छन् भनेर औलामा गन्न सकिन्छ । ‘एनआईसी एशियाको सो खातामा रकम राख्दा बीमा, कर्जा, निशुल्क एटीएमको फाइदा लगायतले गर्दा अन्य बैंकको बचत खातामा पाइने फाइदा भन्दा निकै उच्च छ,’ सीईओ न्यौपाने भन्छन् ।
सर्वश्रेष्ठ खाताका पनि तीन योजना
सर्वश्रेष्ठ बचत योजनालाई ग्राहकको चाहनाअनुसार तीन प्रकारले विभाजन गरिएको छ । जस्तो कि गुडविल एम्बेसडर, प्राइड र पार्टनर । गुडविल एम्बेसडर बैंकका ‘टप कस्टमर’का लागि हो । ‘टप कस्टमर’ भनेका बैंकका ब्रान्ड एम्बासडर हुन भन्ने सोच बैंकको छ । यसमा न्युनतम ब्यालेन्स १ लाख रुपैयाँ हुनुपर्छ । सबै किसिमको फाइदा र फाइदाहरू एम्बेसडरमा रहेका छन् ।
मध्यमस्तरको लागि ‘प्राइड’ योजना छ । यसमा न्यूनतम ब्यालेन्स ५० हजार हुनुपर्छ । त्यस्तै, न्यूनतम ब्यालेन्स २५ हजार राखेर पार्टनर योजनामा खाता खोल्न सकिन्छ । फाइदाहरू फरक परे पनि यी सबै खातामा ब्याजदर भने एउटै हुन्छ ।
त्यस्तै बैंकले हरेक वर्गका ग्राहकले यस योजनाबाट फाइदा पाउनु पर्छ भनेर फरक किसिमको ‘कस्टुमर सेग्मेन्ट’ पनि उपलब्ध गराएको छ । जस्तो कि सर्वश्रेष्ठ बचत खाता, सर्वश्रेष्ठ मुद्दति बचत खाता, सर्वश्रेष्ठ जेष्ठ नागरिक बचत खाता, सर्वश्रेष्ठ नारी बचत खाता रहेका छन् । एउटा सामान्य ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता हो भने महिलाको लागि लकर लगायतमा फाइदा दिन नारी सर्वश्रेष्ठ बचत खाताको फाइदा रहेको छ । त्यस्तै, जेष्ठ नागरिकलाई होम बैंकिङ फाइदासहित जेष्ठ नागरिक सर्वश्रेष्ठ बचत खाता उपलब्ध रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार