‘कर्पोरेट पे’मा मा अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा

नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार १९:३९:३९

२३ फागुन, काठमाडौं । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म ‘कर्पोरेट पे’ प्राणाली को स्तरोन्नती गरी विभिन्न सुविधाहरु सँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ ।
बैंक÷वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् । साथै उक्त प्रणालीमा utility तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी , पटक–पटक गरिने भुक्तानीको लागि ‘Quick payment’, खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।
अनलाइन रजिष्ट्रेसनका निम्ती बैंक÷वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले corporatepay.connectips.com मा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप Hierarchical Role Assign गरी, बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्दछन् र सो अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् ।
यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै CORPORATEPAY लिई सेवा सुचारु गर्न सकिने हुँदा CORPORATEPAY प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।
एनसीएचएलद्वारा संचालनगरिएको उक्त प्रणालीमा हाल ४८ बैंक/वित्तीयसंस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, गतष्ष्तिथ सम्बन्धी भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक ( Multi-Authorization) Multiple signatoriesको समेत उपयुक्त व्यवस्था रहेको छ । प्रणालीमा रियल टाइममा रिटेल पेमेन्ट स्वीच मार्फत प्रति कारोबार २० लाखसम्म र NCHL-IPS मार्फत नन–रियल टाइममा प्रति कारोबार २० करोड सम्म तथा नेपाल सरकारको भुक्तानी प्रति कारोबार रु ३० करोड सम्म गर्न सकिन्छ ।
साथै यस प्रणालीमा एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबारहरु गर्न सक्ने व्यवस्था समेत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार