सनराइज बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार १९:५४:३३
२३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको वित्तिय साक्षरतालाई अवलम्बन गर्दै सनराइज बैंकको फर्पिङ्ग शाखाले फाल्गुन २० गते दक्षिणकालीमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम सनराइज बैंकले नेशनल बैंकिङ्ग इन्स्टिच्युट (NBI) संग सहकार्य गरी आयोजना गरेको हो ।
करिब १०० जना स्थानिय महिला, साना व्यवसायी तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको उक्त कार्यक्रमले बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र उचित प्रयोग, डिजिटल बैंकिङ्ग, डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सर्तकता सुरक्षित रेमिटायन्स प्रणाली, लगायतका विषयमा साक्षयरता प्रदान गरेको थियो ।
कार्यक्रममा बैंकका नायब महाप्रबन्धक श्री रबिन कुमार नेपाल, नेशनल बैंकिङ्ग इन्स्टिच्युटको तर्फबाट श्री विनोद अधिकारी र बैंकका अन्य प्रतिनिधिहरुले बिभिन्न विषयमा सहभागीहरुलाई साक्षरता प्रदान गरेका थिए ।
केही समय अघि सन्राइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा डिजिटल बैंकिङ्ग गर्न प्रोत्साहन गरी डिजिटल दक्षिणकाली अभियान समेत गरेको थियो ।
सन्राइज बैंकले वित्तीय साक्षरताको अभावमा मानिसहरुले असुरक्षित आर्थिक कारोबार गर्न नपरोस्, बैंक तथा वित्तीय क्षेत्रमा सम्पूर्ण व्यक्तिहरुको पहुच पुगोस्, डिजिटल कारोबारका बारेमा व्यक्तिहरु अभ्यस्त बनुन्, आफ्नो व्यवसायिक योजनालाई बैंकको सहायताले बढाउन सकियोस् र त्यसले व्यक्तिहरुको आर्थिक आर्जन बढाई उनीहरुको जीवनस्तर पनि बढाउन सकियोस् भन्ने उद्देश्य साथ देशव्यापी रुपमा वित्तिय साक्षरता कार्यक्रम गर्न लागेको बैंकले जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार