बैंकहरुले एक सातामा ११ अर्ब निक्षेप थप्दा १ अर्ब बढाए कर्जा
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार २३:२५:१९
२३ फागुन, काठमाडौं । फागुनको तेस्रो सातामा २७ वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढ्दा कर्जा प्रवाह भने १ अर्बले बढेको छ।
नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार फागुन १३ गतेदेखि २० गतेसम्म आउँदा कर्जा प्रवाह भन्दा निक्षेप संकलन करिब १० गुणाले बढेको हो।
पछिल्लो समय खासै बढ्न नसकेको निक्षेप सँकलन गत साता भने ११ अर्ब रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार फागुन १३ गतेसम्ममा ४३ खर्ब १३ अर्ब रुपैयाँ रहेको निक्षेप संकलन फागुन २० गतेसम्ममा बढेर ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ जुन ११ अर्ब रुपैयाँले धेरै हो।
यस्तै बैंकहरुको कर्जा लगानी भने न्युन देखिएको छ। गत साता १ अर्ब रुपैयाँले मात्रै कर्जा विस्तार भएको छ। गत साता बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६५ अर्ब रुपैयााबाट बढेर ४१ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ।
पछिल्लो समय लगानीयोग्य रकमको अभाव बढ्दै गएको अवस्थामा बैंकहरुको पूँजीकोष समेत दबाबमा पर्दै गएको छ। यसले गर्दा बैंकहरुले अहिले कर्जा लगानी केहि कम गरेका हुन्।
निक्षेप केहि बढेसँगै बैंकहरुको सिडि अनुपात पनि औषतमा ९०।२६ प्रतिशतमा झरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार