आन्तरिक विवादले कांग्रेस सर्लाहीको निर्वाचन स्थगित
नेपालबहस संवाददाता
फागुन २३, २०७८ मंगलबार ०:४:४
२३ फागुन, सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ । आन्तरिक विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत नागेश्वरप्रसाद सिंहले जानकारी दिए ।
उनका अनुसार आज बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको हो । निर्वाचन स्थगित भएपछि मतदानस्थल पब्लिक माध्यमिक विद्यालय बाहिर कांग्रेसका स्थानीय नेता कार्यकर्ताले नाराबाजी गरेका थिए ।
आज हुने भनिएको निर्वाचनका लागि सर्लाहीका २० स्थानीय निकायका २०० वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधि मतदानस्थलमा पुगेका थिए । पदाधिकारी र सदस्य गरी ९३ जना चयन गर्न जिल्लामा तीन हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात् मतदाता रहेका छन् ।
कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्रप्रसाद सिंह र शेखर कोइराला पक्षबाट लक्ष्मण रायको प्यानल चुनावी मैदानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार