रियल सेक्टरका कम्पनीलाई सूचीकरणमा ल्याउन प्रक्रिया थाल्छौँ : अध्यक्ष हमाल
नेपालबहस संवाददाता
फागुन २३, २०७८ मंगलबार १:४:३८
२३ फागुन, काठमाडौं । वास्तविक क्षेत्रलाई शेयरबजारमा ल्याउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ । त्यस्ता कम्पनीलाई शेयरबजारमा सूचीकृत हुने वातावरण बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए ।
बोर्डले आज आयोजना गरेको पत्रकार सम्मेलनमा शेयर बजारको विस्तार र थप विकासका लागि पनि वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकरणका लागि आवश्यक वातावरण बनाइने जानकारी दिए । नेपालको शेयरबजारमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीको बोलवाला छ ।
वास्तविक क्षेत्रका कम्पनी आकर्षित भए पनि उल्लेख्य मात्रामा बजारमा सूचीकृत हुन सकेको छैन । संसारका विभिन्न देशमा वास्तविक क्षेत्रलाई विशेष प्राथमिकता दिएर शेयरबजारमा सूचीकृत गराइएका कारण बजार विस्तार भएको तथ्य पेश गर्दै अध्यक्ष हमालले त्यसका लागि के कस्ता प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा आफूहरू लागिपरेको जानकारी दिए ।
ठूला लगानीकर्ता बजारमा आउँदा त्यसबाट अवसरको समेत विकास हुने र बजारको स्थायित्वमा समेत महत्वपूर्ण योगदान दिने भएकाले वास्तविक क्षेत्रलाई महत्व दिइएको उनको भनाइ छ ।
उनले भने “रियल सेक्टरका कम्पनीलाई हामीले सूचीकरणमा ल्याउनुपर्ने छ । हामीसँगै एक हजार २०० बढी ठूला कर तिर्ने कम्पनी छन् । तर एकदमै न्यूनतम रूपमा मात्रै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । हामीले ती कम्पनीलाई बजारमा भित्र्याउनका लागि बुक विल्डिङको प्रक्रिया पनि अगाडि बढाउनैपर्छ ।”
वास्तविक क्षेत्रका नाफा कमाएका र सबल कम्पनी भए पनि उनीहरूलाई भित्र्याउन नसक्दा बजार विस्तार हुन नसकेकाले त्यसका लागि के कस्ता भूमिका निर्वाह गर्नुपर्ने बोर्ड तयार रहेको अध्यक्ष हमालको कथन छ । उनले शेयर कारोबार भएको दोस्रो दिनसम्म पनि राफसाँफ नगर्ने धितोपत्र दलाल व्यवसायीलाई पनि कानूनी कारवाही हुने बताए । लगानीकर्ताको हितका लागि बोर्डका तर्फबाट हुन सक्ने जति सबै काम गरिने अध्यक्ष हमालले प्रतिवद्धता व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार