नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १६:२:३५
२४ फागुन काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् ।
युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणाम अनुसार उनि दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनले अध्यक्ष पोखरेलको नेतृत्वमा २९ पदाधिकारीसहित १०१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर ओली, प्रदेश नं १ अध्यक्षमा मानबहादुर वन, मधेस प्रदेश अध्यक्षमा राजकिशोर राउत, बागमती प्रदेश अध्यक्षमा श्रीराम लम्साल, गण्डकी प्रदेश अध्यक्षमा दीपक रेग्मी, लुम्बिनी प्रदेश अध्यक्षमा मदन गौतम, कर्णाली प्रदेश अध्यक्षमा चन्द्रबहादुर खड्का र सुदूरपश्चिम अध्यक्षमा धर्मबहादुर देउवा निर्वाचित भएका छन् ।
यसैगरी महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रैनियार, पिछडिएको क्षेत्र उपाध्यक्षमा कृष्णबहादुर सैजुवाल श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् ।
यस्तै महासचिवमा जनकबहादुर रावल, उपमहासचिव इन्दु शर्मा र गणेश भण्डारी, खुला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई, झविन्द्र पोखरेल, युवा सचिव भूपेन्द्र अधिकारी, जनजाति सचिव शान्तराज राई, मधेसी सचिव चिन्तन आचार्य र कोषाध्यक्ष प्रयास घिमिरे निर्वाचित भएका छन् ।
नयाँ निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने युनियनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार