नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा पोखरेल निर्वाचित, संस्थापन पक्षका अधिकारी ८७ मतले पराजित
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १७:५४:५७
२४ फागुन, काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित भएका छन् । युनियनको आठौं राष्ट्रिय महाधिवेशनबाट पोखरेल दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उनले अध्यक्षका अर्का प्रत्यासी सुरेन्द्र अधिकारीलाई ८७ मतले पराजित गरेका छन् । अधिकारी यसअघि वरिष्ठ उपाध्यक्ष थिए ।
कांग्रेसको शुभेच्छुक संस्था कर्मचारी युनियन अध्यक्षमा विजयी पोखरेल संस्थापन इतर समूहका हुन् । अधिकारी भने संस्थापन पक्षका हुन् । महाधिवेशनले २९ पदाधिकारीसहित एक सय एक सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनमा जम्मा ६ सय ३३ जना प्रतिनिधि सहभागी थिए ।
महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल र खुल्ला उपाध्यक्षमा यज्ञबहादुर ओली निर्वाचित गरेको छ । उपाध्यक्षहरूमा प्रदेश १ बाट मानबहादुर वन, मधेस प्रदेशबाट राजकिशोर राउत, बाग्मती प्रदेशबाट श्रीराम लम्साल, गण्डकी प्रदेशबाट दिपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का, सुदूरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवा, संघीय उपाध्यक्ष तेजबहादुर केसी, महिला उपाध्यक्षमा निर्मला शर्मा, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोककुमार रौनियार, पिछडिएको क्षेत्रबाट उपाध्यक्ष कृष्णबहादुर सेजुवाल र श्रेणीविहीन उपाध्यक्षमा सोमनाथ कोइराला निर्वाचित भएका छन् ।
महासचिवमा जनकबहादुर रावल, उपमहासचिवमा इन्दु शर्मा, गणेश भण्डारी, खुल्ला सचिवमा कुलप्रसाद भट्टराई, जगतबहादुर पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल, युवा सचिवमा भूपेन्द्र अधिकारी, जनजाति सचिवमा शान्तराज राई, मधेसी सचिवमा चिन्तन अचार्य र कोषाध्यक्षमा प्रयास घिमिरे निर्वाचित भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार