कूटनीतिक मन्चमा सहभागि हुन मन्त्री खड्का टर्की जाँदै
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १९:२६:५३
२४ फागुन, काठमाडौं। कूटनीतिक मञ्चमा सहभागि हुन परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलवार टर्कीको साताव्यापी भ्रमणमा जाँदै छन् । यही फागुन २७ देखि २९ गतेसम्म कूटनीतिक मञ्चमा टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा मंगलवार साँझ तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
कूटनीतिक मञ्चमा मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ । उक्त कार्यक्रममा दक्षिण एशियालगायत विश्वका विभिन्न मुलुकका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा नीति निर्माताहरू भेला भई विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल गर्ने जनाइएको छ ।
टर्कीमा रहँदा पररामन्त्री खड्काले आफ्ना समकक्षीका साथै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष प्रवेशको सन्दर्भमा हुन लागेको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार