व्यास नगर म्याराथनको उपाधि कान्छीमायालाई
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १९:२४:५०
२४ फागुन, तनहुँ । दोस्रो व्यास नगर महिला खुला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार व्यास नगरपालिकाले आयोजना गरेको हाफ म्याराथनमा एक घण्टा ५५ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् ।
५० जना धाविकालाई पछाडि पार्दै कान्छीमायाले नगद ४१ हजार ७८ रुपैयाँ प्राप्त गरेकी छन् । व्यास नगरपालिका–३ मा रहेको व्यास गुफाबाट सुरू भएको म्याराथन व्यास नगरपालिका–११ तनहुँसुरमा पुगेर सकिएको थियो । २१ किलोमिटर दुरीमा म्याराथन भएको हो ।
नेपाल प्रहरीकी रेखा बम विष्टले दुई घण्टा चार मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् ।
तनहुँकी नम्रता गुरुङले तेस्रो स्थान हासिल गरेकी छन् । दुई घण्टा ११ मिनेट २३ सेकेण्डमा दुरी पार गर्दै व्यास नगरपालिका–१० की गुरुङले तेस्रो स्थान हासिल गरेकी हुन् । दोस्रो र तेस्रोले क्रमशस् ३१ हजार ७८ रुपैयाँ र २१ हजार ७८ रुपैयाँ प्राप्त गरेका छन् ।
व्यास–१० की सन्ध्या अधिकारीले दुई घण्टा ३० मिनेट ४६ सेकेन्डमा, नवलपुरकी यमुना थापाले दुई घण्टा ३३ मिनेट २४ सेकेन्डमा, कास्कीकी शुष्मा पुनले दुई घण्टा ३८ मिनेट पाँच सेकेन्डमा, व्यास–५ की लक्ष्मी मानन्धरले दुई घण्टा ४० मिनेट ५६ सेकेन्ड र गोरखाकी गंगा कुमालले दुई घण्टा ४३ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सान्त्वना स्थान हासिल गरे । सान्त्वना पाँच जनाले जनही ११ हजार ७८ रुपैयाँ पुरस्कार पाएका छन् ।
गत बर्ष भएको पहिलो संस्करणको म्याराथनको उपाधि धादिङकी रसिला तामाङले जित्दा खोटाङकी प्रिया राई दोस्रो र पोखराकी अनिता राई तेस्रो भएका थिए ।
व्यास नगरपालिकाले २८ फागुनमा पाँचौ संस्करणको व्यास अल्ट्रा म्याराथन गर्दैछ । हरेक बर्ष १६ माघमा सहिद दिवसका दिन गर्दै आइरहेको अल्ट्रा म्याराथन यस वर्ष कोरोनाका कारण स्थगित भएको थियो ।
मानहुँकोट डाँडादेखि सहिद गाउँ पुलिमराङसम्म ४४ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन हुने व्यास नगर खेलकुद विकास समितिका अध्यक्ष एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।
व्यास अल्ट्रा म्याराथनको विजेताले नगद ८५ हजार ७८ रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ६५ हजार ७८ रुपैयाँ र तेस्रो हुनेले ५५ हजार ७८ रुपैयाँ पाउने छन् । सान्त्वना हुने पाँच जनालाई जनही १६ हजार ७८ रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११, २०८१ आइतबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार