एनआरएनएमा मनोनयनको म्याद थप, चुनाव पर सर्यो
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार १९:२८:२२
२४ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारीहरुका लागि चुनाव गराउन सोमबारदेखि खुला गरिएको नामांकनको समय तीन दिन थप गरिएको छ।
निर्वाचन समितिले मंगलबार एक सूचना प्रकाशित गरी अध्यक्ष कुमार पन्तको लिखित अनुरोधको आधारमा नोमिनेसन गर्ने म्याद शुक्रबार ९११ मार्च० अपरान्ह ५ बजेसम्मका लागि बढाइएको जनाएको छ।
त्यस्तै अनलाइन मतदानका लागि २१ र २२ मार्च तोकिएकोमा अब २४ र २५ मार्चमा मतदान गराइने निर्वाचन समितिका एक सदस्यले बताए। तर समितिले प्रकाशन गरेको सूचनामा त्यो उल्लेख छैन।
गैरआवासीय नेपाली संघका बहुसंख्यक सदस्यहरुलाई बाहिरै राखेर जबर्जस्ती एकपक्षीय निर्वाचन कार्यक्रम अगाडि बढ़ाइएपछि त्यसको संसारभरि कडा विरोध भइरहेको छ। संस्थाभित्र सहमति बनाउन म्याद थप गरिएको भनिए पनि कामचलाउ अध्यक्ष पन्तकै निर्णयका कारण संस्था विभाजनको संघारमा पुगेको छ।
गत २ मार्चका दिन आइसीसीको बैठक बोलाएर पन्तले संरक्षक परिषद् तथा उच्चस्तरीय समिति भंग भएको दावी गरेका थिए। तर आइतबार बसेको राष्ट्रिय समन्वय परिषद ९एनसीसी०का अध्यक्षहरुको बैठकले विधानविपरीत बोलाइएको उक्त बैठकका निर्णयहरुको कुनै कानुनी हैसियत नरहेको भन्दै प्रमुख संरक्षक शेष घले तथा संरक्षक परिषदलाई समस्याको समाधान गरी दशौँ महाधिवेशन गराउन आग्रह गरेका थिए।
प्रतिनिधिसम्बन्धी विवादकै कारण गत अक्टोबर २०२२ मा हुनुपर्ने संघको दशौँ महाधिवेशन अझै हुन सकेको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार