‘मुलुक बदल्नु छ भने नेता बदलिनु आवश्यक छ’ : उपसभापति गुरुङ
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २१:९:४२
♦ प्रकाश डोटेल
२३ फागुन, स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक बदल्छु भन्ने नेताहरु पहिला आँफै बदलिन आवश्यक रहेको बताएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका ७ केवरेस्थित बनकट्टामा नवनिर्मित गुरुङ समुदायको कोईबोको उद्घाटन गर्दै उनले नेताहरुमा देखिएको अहिलेकै प्रवृत्तिले मुलुक नबदलिने ठोकुवा समेत गरे ।
“भााषणमा मुलुक बदल्ने कुरा निक्कै गर्छौं तर ब्यवहारमा फरक छ, यसरी मुलुक बदलिदैन ।” उनले भने, “मुलुक बदल्नकालागि सबैभन्दा पहिला नेताहरुमा रहेका कमीकमजोरी तथा सोँचलाई परिवर्तन गर्न आवश्यक छ अनि मात्रै बदलिएको मुलुक बनाउन सकिन्छ ।”
धेरै नेताभन्दा पनि एक÷दुई जना असल नेता भएमात्रै पनि समाज रुपान्तरण गर्न सकिने उनको दावी थियो । “खराब नेताले देश डुबाउँछ तर एउटै असल नेता भएदेखि देशको मूहार परिवर्तन गर्छ र माथि उठाउँछ ।” उनले भने, “असल नेता भएकै कारण विश्वका केही देशहरुले निक्कै फड्कोसमेत मारेका छन्, विकासशिल देशकोरुपमा अगाडि उदाएका छन् ।”
अब नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा आमनागरिकले समयमै सचेत भएर कस्तो नेता छान्ने भन्ने सोँच्नुपर्ने बेला आएको उनले बताए । निर्वाचनका बेला बहकाउमा लागियो भने पाँच वर्षसम्म पछुताईरहनु पर्ने भएकाले समयमै सचेत भएर अगाडि बढ्न पनि उनले आग्रह गरे ।
“एमसीसी राष्ट्रघाती छ भनी गरिएका प्रचारहरु भ्रममात्रै हुन् ।” उनले भने “हामी पनि नेपाल आमा र नेपाली जनताका लागि राजनीति गरेका हौं, जुन भ्रम फिंजाईएको छ त्यो सत्य होईन् ।” कोईबो निर्माणले गुरुङ समुदायको भाषा, कला, संस्कृतिको संरक्षणकालागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई अभियानकैरुपमा सञ्चालन गर्न पनि उनले सुझाव दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
नगद अभावग्रस्त श्रीलङ्काले सवारी साधन आयातमा लगाएको प्रतिबन्ध हटायो
माघ १५, २०८१ मंगलबार
पाकिस्तानमा गलत सूचना फैलाउन प्रतिबन्ध, ३ वर्षको जेल सजाय
माघ १५, २०८१ मंगलबार
अध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार