स्वदेशी उत्पादन प्रवद्र्धन गर्न ‘दिदीबहिनी कोसेली घर’
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २२:०:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/handicap-17112017085929_eYSt0q6dCh.jpg)
२४ फागुन, नवलपरासी । स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रोत्साहन गर्न नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीमा कोसेली घर सञ्चालनमा आएको छ । स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले स्वदेशी उत्पादनको बिक्री केन्द्र (कोसेली घर) सञ्चालन गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय परासी र नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा प्रवद्र्धन गरी सञ्चालनमा ल्याइएको “दिदीबहिनी कोसेली घर”मा जिल्लाभित्रका घरेलु तथा साना उद्यमीले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरेका सामग्रीदेखि हस्तकला, घरेलु उत्पादित विभिन्न खाद्य सामग्री पाइने कोसेली घरकी सञ्चालक यमकुमारी सुवेदीले जानकारी दिइन् ।
कोसेली घरमा विशेषगरी महिला उद्यमीका उत्पादन र स्वदेशमै उत्पादन भएका वस्तुलाई प्राथमिकता दिएर प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । यसबाट विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन हुनेछ ।
परासीको लोकतान्त्रिक चोकमा सञ्चालनमा आएको दिदीबहिनी कोसेली घरको आज जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद राय, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठक र घरेलु तथा साना उद्योग कार्यालय परासीका प्रमुख गङ्गाधर पाण्डेले उद्घाटन गरे ।
कार्यालयले लघु घरेलु उद्यमीलाई प्रवद्र्धन गर्दै जिल्लामा थप तीन कोसेली घर सञ्चालनको तयारीमा रहेको छ । कोसेली घर सञ्चालन, व्यवस्थापन तथा घरभाडामा कार्यालयले आर्थिक सहयोग गरेको छ ।
कृषि ज्ञान केन्द्र परासीका प्रमुख शिव अर्यालले स्थानीयस्तरमा उत्पादन भएका वस्तुको बजारीकरणको समस्या यो कोसेली घरको माध्यमबाट केही हदसम्म समाधान हुने विश्वास व्यक्त गर्नुभयो । घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले कोसेली घरमा उद्यमीलाई उद्योग दर्ता, नवीकरण, प्रस्तावना लेखनलगायतका विषयमा सहजीकरण गर्ने व्यवस्था पनि गरिएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचितवनको गाजर र चुकन्दर जर्मनी निर्यात
फागुन ४, २०८१ आइतबार
तोरीखेतीतर्फ आकर्षित हुँदै भद्रपुरका किसान
फागुन ३, २०८१ शनिबार
प्रणय दिवसका अवसरमा टीकापुरलाई गुलाबको सहर बनाउन अभियान सुरु
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार