धनुषा कांग्रेसको मतगणना जारी, सभापतिमा यादवको अग्रता
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २२:२९:४०
२४ फागुन, धनुषा । नेपाली कांग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति धनुषाले सबै पक्षसँगको छलफलबाट निर्धारण गरिएको मापदण्ड अनुसार मतगणना सुरु भएको जनाएको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा चलिरहेको छ । यो समामचार तयार पार्दासम्म सन्तोष यादवले २१५, योगेन्द्र पजियार १९४ र दिनेशप्रसाद यादव प्रसैलाले ५९ मत प्राप्त गरेका छन् ।
धनुषाको क्षेत्र नम्बर ४ को मतपेटिकाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ कुल खसेको मत ६९१ मध्ये ३०२ मतगणना भएको छ ।
जसमध्ये ३४ मत बदर भएको जनाइएको छ । सोमबार राति सम्पन्न मतदानको मतगणना राति गर्ने भनिएपनि आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु भएको हो ।
जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । धनुषा काँग्रेसका ३ हजार १७३ मतदाता छन् ।
धनुषा कांग्रेसको सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । धनुषाको क्षेत्र नम्बर १ मा ८०१ मत मध्ये ७५३ मत, क्षेत्र नम्बर २ मा ८३० मध्ये कुल ८०० मत, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ६९१ मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने कांग्रेसको विधानमा व्यवस्था गरिएको छ । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
चीनले भुटानको डोक्लाम नजिक २२ वटा गाउँ बसालेपछि भारत तनावमा
पुष ३, २०८१ बुधबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार