कमिसन नबढाए ग्याँस र पेट्रोलको बिक्री रोक्ने व्यवसायीको चेतावनी
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २३:४:१८
२४ फागुन, काडमाडौं । लगातार पेट्रोलियम पदार्थको मुल्य बृद्धिहुँदा समेत सरकारले कमिसन नबढाएको भन्दै पेट्रोलियम व्यावसायीहरुले कमिसन नबढाएसम्म यसको विक्रि वितरण रोक्ने चेतावनी दिएका छन् ।
पेट्रोलियम कारोबार गर्दै आएका निजी क्षेत्रका संस्थाले ढुवानीदेखि बिक्रीसम्मको कारोबार ठप्प पार्ने चेतावनी दिदै आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् ।
व्यवसायीले पाउँदै आएको कमिसन निगम सञ्चालक समितिले कटौती गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले यस्तो बताएका हुन् ।
संयुक्त विज्ञाप्ति जारी गर्दै तीनवटै संस्थाले कमिसन कटौतीको निर्णय फिर्ता नभए चैत ६ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेका छन् । व्यवसायीले घोषणा गरेको आन्दोलन अन्तर्गत चैत ६ गते ग्याँस उद्योगीले निगमबाट ग्याँस खरिदको अग्रिम अनुमति नलिने, चैत १० गतेदेखि रिफाइनरीबाट ग्याँस ढुवानी रोक्ने र १४ गतेबाट ग्याँसको भन्सार नछुटाउने जस्ता कार्यक्रमहरु छन् ।
यस्तै १६ गतेबाट पेट्रोलियम पदार्थको अग्रिम आयात अनुमति नलिने र चैत्र २० गतेबाट देशभर ग्याँससहित सबै खालका इन्धनको बिक्री ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मंसिर ३०, २०८१ आइतबार
तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार