२० लाख मानिसले युक्रेन छाडेको राष्ट्रसंघको दावी
नेपालबहस संवाददाता
फागुन २४, २०७८ मंगलबार २३:१६:२४
काठमाडौं । रुसी आक्रमणमा परेको युक्रेनबाट बाहिरिनेहरुको संख्या मंगलबारसम्म २० लाख पुगेको राष्ट्रसंघले जानकारी गराएको छ ।
बिबिसीका अनुसार ठूलो संख्यामा शरणार्थीहरु छिमेकी मुलुक पोल्यान्ड पुगेका छन् । पोलिस अधिकारीहरुले भने शरणार्थीहरुका लागि युरोपेली युनियनले दिएको रकम अपुग भएको बताएका छन् ।
शरणार्थीहरुका लागि राष्ट्रसंघीय उच्चायुक्त कार्यलयले यो दोस्रो विश्वयुद्धपछि युरोपमा एकैपटक सबैभन्दा ठूलो संख्यामा देखिएका शरणार्थीहरु भएको जनाएको छ ।
पोल्यान्डका सहायक विदेशमन्त्री पाबेल ज्याब्लोन्स्कीका अनुसार युरोपेली युनियनले युक्रेनी शरणार्थीहरुलाई मद्दत गर्न ५०० मिलियन युरो दिए पनि त्यो अपुग भएको बताएका हुन् ।
युक्रेनबाट बाहिरिने २० लाख शरणार्थीहरुमध्ये १२ लाख पोल्यान्ड पुगेका छन् । उता युक्रेनको राजधानी किभभन्दा पश्चिममा रहेको सहर इर्पिनबाट पनि बासिन्दाहरुलाई निकाल्न थालिएको छ ।
इर्पिनमा रुसले लगातार ६ घन्टासम्म नागरिकहरुलाई लक्षित गर्दै गरेको बम आक्रमणले युद्धका सामान्य सिद्धान्तसमेत भुलेको भन्दै आलोचना गरिएको छ ।
हुमन राइट्स वाच (एचआरडब्लु) को विश्लेषणअनुसार इर्पिनमा रुसी सेनाले आइतबार गरेको आक्रमणमा युद्धका नियमको अवज्ञा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलेन्स्कीद्वारा रूसले भत्काउन नसक्ने ‘स्थायी शान्ति’ को आह्वान
पुष २, २०८१ मंगलबार
रुसले तालिबानलाई ‘आतङ्कवादी’ सूचीबाट हटाउने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार