विवाहअघि नै बुबा बनेका ६ स्टार क्रिकेटर
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार १७:१५:१३
२५ फागुन, काठमाडौं । क्रिकेट पछिल्लो समय विश्वमा लोकप्रिय बन्दै गएको छ। टेस्ट हुँदै सुरु भएको क्रिकेट वानडे, टी-२० र टी-१० सम्म आइपुगेको छ। विश्वमा क्रिकेट लोकप्रिय भएर होला पछिल्लो समयमा क्रिकेटरका हरेक गतिविधिमा फ्यानहरूले चासो राखेको पाइन्छ र मिडियाले पनि प्राथमिकताका साथ स्थान दिइन्छन्।
आज हामी विश्वका ६ स्टार क्रिकेटरकाबारेमा चर्चा गर्दैछौं, जो विवाहअघि नै प्रेमिकासँग सम्बन्ध राखेपछि बुबा बनेका हुन्।
१. हार्दिक पाण्ड्या
हार्दिक पाण्ड्या त्यस्ता भारतीय क्रिकेटर हुन्, जो विवाहअघि नै बुबा बनेका थिए। हार्दिक पाण्ड्याले बलिउड अभिनेत्री नताशा स्टान्कोभिकसँग १ जनवरी २०२० मा दुबईमा इन्गेजमेन्ट गरेका थिए। ३० जुलाई २०२० मा पाण्ड्याले उनकी प्रेमिका नताशा गर्भवती रहेको खुलाशा गरेका थिए।पाण्ड्याले आफ्नो बच्चाको नाम अगस्त्य राखेका छन्।
२. जो रुट
यो सूचीमा इंग्ल्याण्डका कप्तान जो रुट पनि परेका छन्। रुट विवाह नगरी बुबा बनेका थिए। रुटले आफ्नी प्रेमिका क्यारी कोर्टेललाई २०१४ देखि प्रेम गरिरहेका थिए। यी दुईले मार्च २०१६ मा इन्गेजमेन्ट गरेका थिए। टी–२० विश्वकपअघि रुट विवाह नगरी बुबा बनेका थिए। रुटका छोरा अल्फ्रेडको जन्म ७ जनवरी २०१७ मा भएको थियो। यसपछि यो जोडीले विवाह गरेका थिए।
३. डेभिड वार्नर
अस्ट्रेलियाका स्टार ओपनर डेभिड वार्नर बिहे नगरी बुबा बनेका थिए। सन् २०१४ मा वार्नरकी प्रेमिका क्यान्डिसले पहिलो छोरीलाई जन्म दिइन्। सन् २०१५ मा वार्नरले क्यान्डिससँग विवाह गरेका थिए। वार्नरका तीन छोरी आइभी, इन्डी र इस्ला छन्।
४. इमरान खान
पाकिस्तानका प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खान पनि विवाह नगरी बुबा बनेका थिए। इमरानको सम्बन्ध सीता सेतोसँग थियो। सीता र इमरानको सम्बन्ध सन् १९८७–८८ मा सुरु भएको थियो र सन् १९९१ मा दुवै नजिक आएका थिए। १९९२ मा उनीहरुको एक बच्चा जन्मिएको थियो।जुन इमरानको सन्तान थियो। तर, इमरानले सुरुमा यो कुरा अस्वीकार गरेपछि डीएनए परीक्षण गर्दा सो बच्चा उनकै रहेको खुलेको थियो ।
५. भिभियन रिचर्ड्स
सन् १९८० मा भारत आएका रिचर्ड्सले भारतकी चर्चित अभिनेत्री नीना गुप्तालाई भेटेका थिए। दुबैको अफेयर लामो समयसम्म चल्यो। सन् १९८९ मा नीनाले छोरीलाई जन्म दिइन्, जसको नाम मसाबा हो। त्यसपछि रिचर्ड्सले मेरीसँग विवाह गरेका थिए र उनका दुई सन्तान छन्।
६. क्रिस गेल
यो सूचीमा विश्वका सबैभन्दा विस्फोटक ब्याट्सम्यान क्रिस गेल पनि परेका छन्। गेल विवाहअघि नै पिता बनेका थिए। २०१७ मा जब आईपीएल चलिरहेको थियो। उनकी प्रेमिका नताशा ब्यारिजले छोरीलाई जन्म दिइन्। यद्यपि गेल अरू पनि धेरै विवादमा मुछिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार