सडक डिभिजनले दियो पुल भत्काएर अर्को बनाउन निर्देशन
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार १७:२३:३०
२५ फागुन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरीबाट धादिङको धुनीबेँशी नगरपालिका–४ जीवनपुर जोड्ने पक्की पुल भत्काएर पुनः बनाउन सडक डिभिजन नुवाकोटले निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
तोकिएको मापदण्ड अनुसार संरचना निर्माण नभएको पाइएसँगै सञ्चालनको तयारीमा रहेको पक्की पुल भत्काउन सो कार्यालयले निर्माण व्यवसायीलाई निर्देशन दिएको हो । विसं २०७३ असार १ गते सम्झौता भएअनुसार निर्माण व्यवसायी नागार्जुन÷ जयबाबा÷ काष्ठमण्डप जेभीले निर्माण गरेको पक्की पुलको दुई स्पानमध्ये नुवाकोटतर्फको स्पान भत्काएर अर्को बनाउन निर्देशन दिएको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।
उनका अनुसार पुलको स्पान ढलान गरेपछि यसलाई तन्काउने क्रममा चर्किएसँगै भत्काएर नयाँ स्पान राख्न निर्माण व्यवसायीलाई पत्र पठाइएको छ ।
गत आइतबार निर्माण व्यवसायी पक्षलाई जारी गरिएको पत्रमा ‘सडक विभाग, पुल महाशाखाबाट स्वीकृत गरिएको डिजाइन अनुसार नभएकाले त्यसलाई भत्काएर पुनःनिर्माण गर्न’ उल्लेख गरिएको छ । भत्काउनुपर्ने पुलको स्पान दूरी ३० मिटरको छ ।
“गतवर्ष फागुनमा स्पान निर्माणको क्रममा गुणस्तरहीन बालुवाको प्रयोग र तोकिएको परिमाण भन्दा कम सिमेन्टको प्रयोग गरेर ढलान गरिएको पाइएको प्राविधिक अध्ययनमा देखिएको छ ।” उनले भने,“ढलान गरिएको स्पानको डोरी तन्काउदा पड्किएसँगै पुल जोखिम बनेकाले त्यसलाई सुधार गर्न भने पनि अटेर गरेर थप निर्माण गरेसँगै भत्काएर अर्को बनाउन अहिले निर्देशन दिइएको हो ।”
यसअघि मौखिक र पत्रमार्फत दिएको निर्देशनको अटेर गरेर निरन्तर पुल बनाएसँगै अहिले कुमरी–जीवनपुर सवारीसाधन सञ्चालन गर्न सकिने अवस्थामा पुर्याएकाे र तोकिएको सम्झौता भन्दा विपरीत जोखिम संरचनाको पुल बनाएर सञ्चालनमा ल्याएसँगै यसबाट दुर्घटना हुनेसक्ने हुँदा अहिलेको संरचना जतिसक्दो चाँडो भत्काएर अर्को स्पान राख्न निर्माण व्यवसायीलाई भनिएको छ ।
“दिइएको निर्देशनको पालना नगरे निर्माण व्यवसायीलाई कारबाही र ठेक्कासमेत रद्द हुने कानुनी व्यवस्था भएकाले त्यसतर्फ जान बाध्य हुन्छाैँ ।” डिभिजन प्रमुख रिमालले बताए । पुल निर्माणका लागि छ वर्ष अघि रु आठ करोड १४ लाखको ठेक्का लगाइएकामा निर्माण व्यवसायीले रु छ करोड २३ लाखमा बनाउने जिम्मेवारी पाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार