कर्णाली प्रदेशले आठ जिल्लामा एकीकृत बस्ती निर्माण गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_x6Vewor94V.jpeg
)
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार १९:२८:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/1579179644karnali-pradesh_mu9JGIZ4MI.jpg)
२५ फागुन, जाजरकोट । कर्णाली प्रदेशको आठ जिल्लाका जोखिममा परेका बस्तीमा एकीकृत बस्ती निर्माण सुरु हुने भएको छ । कर्णाली प्रदेशको जाजकोटको जुनिचाँदे गाउँपालिका–७ मा ४०, बारेकोट गाउँपालिका–४, ५ मा ६० घर निर्माण हुन लागेका हुन् ।
कालिकोट नरहरिनाथ–४ डाँडासुन्दरखामा ८० , रास्कोट गाउँपालिका–७ मा १०० घर निर्माण हुने छन् । मुगुमा खत्याड गाउँपालिका–२ गाडेखोलामा दलित बस्ती विकास कार्यक्रमअन्तर्गत १८ घर, खत्याड–८ मै एकीकृत बस्तीअन्तर्गत २३ घर निर्माण गर्न लागिएको छ ।
हुम्लाको चङ्खेली गाउँपालिका–६ मा रातीपुरमा बस्ती विकास योजनाअन्तर्गत ३३ घर, ताजाकोट गाउँपालिका–१, २, ३, ४ र ५ एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत ८३ घर निर्माण जारी रहेको छ । आठ जिल्लाका जोखिममा परेका ठाउँमा घर निर्माणका लागि सम्भाव्यता अध्ययन (डिपिआर) तयार भई घर निर्माणको चरणमा गएको हो ।
अघिल्लो कार्यविधिले घर निर्माणका लागि बाधा पुगेको जनाउँदै दोस्रोपटक संशोधन भएपछि मात्र घर निर्माणको बाटो खुलेको हो ।
एकीकृत बस्तीको नाम दिएर एकै ठाउँमा घर निर्माण गर्दा जग्गा, जमिन, घर पालुवा जनावरमा समेत हेरचाह गर्न सम्भव नभएपछि पीडित परिवारको तर्फबाट आलोचना भएपछि कार्यविधि संशोधन भएको हो ।
अब पायक पर्ने ठाउँमा घर निर्माण गर्न पाउने बाटो खुलेको प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छः मुख्यमन्त्री कँडेल
पुष २, २०८१ मंगलबार
कर्णाली समृद्धिको आधार बन्दै सडक, स्याउ र जडीबुटीले पाउन थाल्यो बजार
मंसिर ३०, २०८१ आइतबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
पुष ३, २०८१ बुधबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार